झापा । बाँकेमा थप एकसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकोे छ ।
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कजेल शिक्षण अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुनेको संख्या २० पुगेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले पुष्टि गरे ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको असार १ गते बेलुका आईसीयूमा मृत्यु भएको थियो ।
मृतक महिला फोक्सो, मिर्गौला र प्यारालाइसिस रोगबाट ग्रसित थिइन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।