कोरोनालाई जितेर दुई महिला घर फर्किए

  प्रकाशित मिति
६ बैशाख २०७७, शनिबार २०:४७


झापा । नेपालमा एकैदिन दुई जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट निको भएका छन् ।

बेल्जियमबाट फर्केकी बाग्लुङकी ६५ वर्षीया महिला कोरोनाबाट निको भएकी हुन् ।

त्यस्तै फ्रान्सबाट आएकी १९ वर्षीया कोरोना संक्रमित युवती निको भएर टेकु अस्पतालबाट शनिबार घर फर्किएकी छिन् ।

यसअघि चीनबाट आएका एक युवक कोरोनापछि निको भएर घरमा छन् । बाँकी २७ जना संक्रमित अस्तपालमै छन् ।
बाग्लुङकी महिलाको लगातार दोस्रो नतिजा नेगेटिभ आएपछि उनी कोरोनामुक्त बनेकी हुन् ।

चिकित्सकका अनुसार डिस्चार्ज गर्नलाई संक्रमितको २४ घण्टाभित्र दुईटा नतिजा नेगेटिभ आउनु पर्छ । निको भएपछि महिलालाई शनिबार डिस्चार्ज गर्नका लागि अस्पतालले परिवारलाई खबर गरेको थियो ।

महिलाले आफूले ठूलो आत्मविश्वासका साथ यो रोगसँग लडेको बताइन् । उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भनिन, ‘एकदमै खुसी लागेको छ । संसारलाई हल्लाएको रोगलाई जित्न सकेँ ।’

उनले परिवार र हौसला दिने सबैलाई धन्यवाद व्यक्त गरिन् । ‘म सबैको हौसला र मायाले गर्दा निको भएको छु,’ उनले भनिन् ।

उनले आफू १५ वर्षदेखि दमको रोगी भएपनि अस्पतालको बसाईमा कुनै समस्या नभएको बताइन् । यो रोगसँग लड्न आत्मबलले ठूलो सहयोग पुग्ने भन्दै उनले संक्रमितहरुलाई समेत नआत्तिन सुझाव दिएकी छिन ।

गत चैत ४ गते बेल्जियमबाट आएकी महिला चैत २० गते अस्पताल भर्ना भएकी थिइन् । उनीसँगै बेल्जियमबाट आएकी नातेदार समेत पर्ने १९ वर्षीया युवती पनि कोरोना संक्रमणपछि सोही अस्पतालमै छिन् ।

युवतीलाई पहिले संक्रमण देखिएर अस्पताल भर्ना भएपछि महिलामा पनि परीक्षण गर्दा कोरोना देखिएको थियो । युवतीको भने चौथो परीक्षणको नतिजा पनि पोजेटिभ नै आएको छ ।

उनले नातिनी पर्ने युवतीको चौथो नतिजा पनि पोजेटिभ आएकोमा आश्चर्य जनाइन् । ‘कम उमेर भएकाले उसको झन् राम्रो आउनु पर्ने । मभन्दा अघि अस्पताल भर्ना भएकी थिइन,’ उनले भनिन् । (सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: