झापा, ४ कार्तिक । कोरोना संक्रमणका कारण आज झापामा २ जनाको मृत्यु भएको छ ।
आज साँझ भद्रपुर ५ का ६० वर्षीय पुरुषको मेची अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु भएको हो ।
यस अघि आज दिउँसो दमक १० का ६५ वर्षीय पुरुषको होम आइसोलेनमा मृत्यु भएको थियो ।
दमकका मृतकलाई उपचारका लागि लगिएको बेला असोज २८ गते विराटनगरको नोबेल अस्पतालमा कोराना टेस्ट गरिएको थियो ।
विरामीको अवस्था नाजुक भए तापनि उनलाई अस्पतालबाट होम आइसोलेसनमा ल्याइएको थियो ।
भद्रपुरका मृतकमा कार्तिक २ गते कोरोना पुष्टि भएको थियो ।