कोरोना अस्पताल र प्रयोगशाला बन्ने स्थानको टुंगो आज लाग्दै

  प्रकाशित मिति
१० जेष्ठ २०७७, शनिबार १३:३४


फोटो : उद्धव थापा 

मेचीनगर, १० जेठ । झापामा १०० बेडको कोभिड अस्पताल र पीसीआर प्रयोगशाला बनाउनका लागि आज स्थानको अन्तिम टुंगो लगाइने भएको छ ।

प्रदेश सरकारले झापामा एउटा कोभिड अस्पताल र पीसीआर प्रयोगशाला निर्माण गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि विभिन्न स्थान हेरिएको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले बताए ।

कोभिड १९ संक्रमण रोकथाम, अनुगमन तथा समन्वय समिति झापाका सदस्य पाठकले कोभिड अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र, मेची अञ्चल अस्पतालको नयाँ भवन र चन्द्रगढीको खाद्य गोदामलाई सम्भाव्य स्थानका रुपमा अध्ययन गरिएको जानकारी दिए ।

यसैगरी, पीसीआर प्रयोगशाला निर्माणका लागि भद्रपुरस्थित नेपाल रेडक्रस सोसाइटीको नयाँ भवनलाई लगभग चयन गरिएको नेकपा अध्यक्ष पाठक बताउँछन् ।

‘आज (शनिवार) दिउँसो बस्ने समितिको बैठकले कोभिड अस्पताल र पीसीआर प्रयोगशालाको स्थान बारे अन्तिम टुंगो लगाउनेछ’–उनले लोकतन्त्र पोस्टसँग भने ।

झापामा ३५ जनामा कोरोना संक्रमण भइसकेको छ । जसमध्ये ३३ जना कचनकबल गाउँपालिकाका छन् । बाह्रदशी र दमकका एक एक जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: