कोरोना अस्पताल विवाद समाधान समितिको ज्ञापनपत्र

  प्रकाशित मिति
१४ जेष्ठ २०७७, बुधबार २२:०५


भद्रपुर । कोरोना भाइरस संक्रमितको उपचार गर्न विशेष अस्पतालका रुपमा मेची अञ्चल अस्पतालको निर्माणाधिन भवनलाई विकास गर्ने सरकारी निर्णय सच्याउन माग राख्दै विवाद समाधान समितिले ज्ञापनपत्र बुझाएको छ ।

समितिका संयोजक भक्त खवासको नेतृत्वमा वडाध्यक्षद्वय गौरव सुब्बा (मनोज), बन्धु कार्की, अग्रज पत्रकार गोपाल गिरी, सामाजिक व्यक्तित्व प्रा.डा पृथ्वीविक्रम राई लगायतको टोलीले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ –‘अस्पतालसंगै जोडेर निर्माण भइरहेको अस्पताल भवनमा कोभिड अस्पताल बनाउन उपयुक्त नहुने र अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा बनाउँदा जटिल समस्याहरु उत्पन्न भई अस्पतालको सेवा प्रवाहमा नकारात्मक असर पर्ने कुरालाई ध्यानमा राख्दै नवनिर्मित अस्पताल भवनको विकल्प भद्रपुर मै खोजियोस् भन्ने जोडदार माग गर्दछौँ ।

मेची अञ्चल अस्पताल भनेको विपन्न र निम्न आय भएका आम जनसमुदायको आशा र भरोसाको स्वास्थ्य उपचार केन्द्र भएकाले कोभिड अस्पताल बन्ने वित्तिकै पर्ने नकारात्मक प्रभावका बारेमा नजर अन्दाज गरिनु हुँदैन भन्ने हाम्रो माग हो ।

मेची अस्पताल धेरै मात्रामा वीमामा आवद्ध भएका रोगी, वृद्धवृद्धा, न्यून र कमजोर आर्थिक अवस्था भएका परिवारका रोगीहरुको उपचार स्थल हो ।

यहाँ प्रशुति सेवा, पोषण पुनस्र्थापन गृह, नजिकै क्षयरोगीहरुलाई औषधि खुवाउने क्षयरोग निवारण केन्द्र र रक्त सन्चार केन्द्र पनि छ, जहाँ शारीरिक अवस्था कमजोर भएका मानिसहरुको जमघट बढी हुने र तिनैलाई कोरोना भाइरसले प्रभावित पार्ने विज्ञहरुको सुझाव अनुसार सरकारले जमघट नगर्न, भिडभाडमा नजान आव्हान गरिरहेको अवस्थाकावीच त्यस्ता रोगीहरुको आवागमन हुने ठाउँमा कोभिड अस्पताल बनाउदा प्रभाव पर्ने भएरै विराटनगरमा पनि कोशी अञ्चल अस्पतालमा नभई कोशी अस्पतालकै नामबाट अन्यत्र कोभिड अस्पताल सञ्चालन गरिएको र नारायणी क्षेत्रीय अस्पतालमा मै कोभिड अस्पताल सञ्चालन गर्दा अन्य प्रकारका रोगीहरुले अप्रत्याशित मृत्यूवरण गर्नु परेका दुःखद खवरहरु सुन्दै आएका छौँ ।

तसर्थः कोभिड अस्पताल बनाउने वित्तिकै ती सवै क्षेत्रहरुमा प्रत्यक्ष प्रभाव पर्ने, शारीरिक अवस्था कमजोर भएका मानिसहरु उपचार गर्न नआउने र आई हालेमा मनोवैज्ञानिक त्रासकावीच आउनु पर्ने हुन्छ ।

कोभिडबाट बच्नु पर्छ, यस्को उपचार हाम्रै घर पायकमा हुँदा अझ राम्रो हुन्छ तर कोभिडका नाउँमा अन्य रोगीहरु विस्थापित हुने अवस्थाले हामीलाई बढी चिन्तित र दुःखित तुल्याएको हुँदा त्यसतर्फ गम्भीर हुँदै अञ्चल अस्पतालको निर्माण जारी रहेको अधुरो भवनमा कोभिड अस्पताल बनाउने कुरामा पुनर्विचार गरियोस् भन्ने जोडदार माग गर्दछौं ।’

झापाकै सुविधा सम्पन्न सरकारी अस्पताल भएर पनि विपन्न समुदायको उपचार केन्द्रका रुपमा रहेको अस्पताललाई एकाएक कोरोना उपचार केन्द्र बनाइने निर्णय भएपछि स्वास्थ्य विमा सेवा, न्युन शुल्कमा उपचार लिने नागरिकहरु उपचार गर्न जान नसक्ने अवस्था आउँने भन्दै विवाद उत्पन्न भएको थियो ।

सीमित क्षेत्रमा खुम्चिएको अञ्चल अस्पताल आसपास रक्त सञ्चार सेवा, प्रसुती गृह, पोषण पुनस्थापन केन्द्र, एचआईभी उपचार तथा पुनस्थापन केन्द्र, क्षयरोग उपचार तथा पहिचान केन्द्र र अबुद्र्ध रोग पहिचान केन्द्र, बाल कल्याण समितिको विद्यालय समेत ५० मिटर दुरी भित्रै पर्दछन् ।

स्थानीयले विकल्पका रुपमा कोभिड अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र वा चन्द्रगढीमा रहेको खाद्य संस्थानको खाली गोदाम मध्ये एकलाई निर्माण गरिनु पर्ने माग विपरित निर्णय आएपछि भद्रपुर–५ र ८ का स्थानीयबासी आन्दोलित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: