कोरोना कहरपछि पहिलोपल्ट अर्जुनधारा धाममा लाखभन्दा बढी भक्तजन

  प्रकाशित मिति
१७ मंसिर २०७८, शुक्रबार १२:१९


अर्जुनधारा, १७ मंसिर । पूर्वको पशुपतिनाथको उपमाले परिचित अर्जुनधारा जलेश्वर धाममा आज बाला चतुर्दशीको उपलक्ष्यमा धार्मिक पूजापाठ गर्न लाखभन्दा बढी भक्तजनको घुइँचो लागेको छ ।

पितृको उद्धारका लागि यस पर्वमा हिन्दू धर्मावलम्बीहरु दीप प्रज्व्वलन र सतबीज छर्न धाममा आउने गर्छन् ।

धामका अध्यक्ष नविन गट्टानीले कोभिड १९ को महामारी सुरु भएयता पहिलोपल्ट एक लाखभन्दा बढी संख्यामा भक्तजनले धाम दर्शन गरेको बताए ।

धाममा आउने भक्तजनलाई प्रवेशद्वारदेखि भित्र सतबीज परिक्रमा, दीप प्रज्ज्वलन र मूल मन्दिर दर्शनका लागि सुविधाजनक व्यवस्था मिलाइएको उनले बताए ।

कोरोनाकालमा बालचतुर्दशीका बेला धामको मूल ढोका खुलेपनि आन्तरिक पूजापाठमा धार्मिक कार्यलाई सीमित पारिएका थियो ।

यसपटक अन्नदान, भूमिदान र प्रवचन कार्यक्रमलाई समेत सञ्चालन गरिएको छ ।

धाममा दर्शनका लागि नेपाल र भारतका तीर्थलुहरु आएका छन् । विहीवार रातभर जाग्राम बसेका हजारौ भक्तजनलाई खाना, फलाहा, चिया र पानीको निःशुल्क प्रबन्ध मिलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: