कोरोना कहरमा दसैं : उप्रेती परिवारले लगाएनन् टिका

  प्रकाशित मिति
१० कार्तिक २०७७, सोमबार १५:५०


झापा, १० कार्तिक । दसैंमा टिका लगाउने रहर सबैलाई हुन्छ । तर यसपटक कोभिड–१९ को कहरले गर्दा काँकरभिट्टाको उप्रेती परिवारले दसैंको टिका लगाएनन् ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले आफ्नो परिवारमा यसपाली कोरोना महामारीकै कारण टिका नलगाइएको बताइन् ।

उपप्रमुख उप्रेतीका पति एवम् काँकरभिट्टा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती कोरोना संक्रमणका कारण होम आइसोलेसनमा छन् । उनकी ९० वर्षकी आमा घरमा रहेकी छन् ।

पारिवारिक सल्लाह गरेर टिका नलगाइएको उप्रेती परिवारका अग्रज एवम् नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए ।

‘दसैं अर्को साल पनि आउँछ, अहिले चाहिँ कोरोनासँग जोगिनु पर्ने बेला छ,’ उनले लोकतन्त्र पोस्टसँग भने–‘टिका अर्कोसाल लगाउँला नि ।’

उप्रेती परिवारका दुई परिवार काँकरभिट्टामा, एक परिवार विर्तामोडमा र अर्को एक परिवार काठमाडौंमा रहेका छन् । उनीहरु सबैले यसपाली टिका लगाएनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: