झापा, १० कार्तिक । दश लाख संक्रमित र ३५ हजार मृत्युको आँकडासँगै कोहोरको दोस्रो लहर सामना गरिरहेको स्पेनमा आपतकालीन स्थिति घोषणा गरिएको छ ।
प्रधानमन्त्री पेद्रो साँचेजले राति ११ देखि विहान ६ बजेसम्म घरबाहिर नागरिकलाई ननिस्कन आग्रह गर्दै रात्रिकालीन कफ्र्यू लगाइएको बताएका छन् ।
एक जिल्लाबाट अर्को जिल्ला जान प्रतिबन्ध गरिएको र यो नियम आगामी ६ महिनासम्म लम्ब्याउन सकिने प्रधानमन्त्री साँचेजले देशबासीलाई सम्बोधन गर्दै जनाएका छन् ।
स्पेनमा लकडाउन जारी छ । अबको लकडाउन सबैभन्दा कडा हुने बताइएको छ ।