झापा, १ कात्तिक । कोरोनालाई परास्त गर्ने उत्कृष्ट मुलुकको रुपमा परिचित न्यूजील्यान्डमा आज भएको चुनावमा लेबर पाटीले जित हासिल गरेको छ ।
प्रधानमन्त्री जेसिन्डा आर्डनले यो राजनीति सफलताको श्रेय पाएकी छन् । उनी प्रधानमन्त्री पदमा दोहोरिने निश्चित भएको छ ।
वीवीसीका अनुसार लेबर पार्टीले दुर्लभ बहुमत सिट र ४९ प्रतिशत मत पाएको छ भने विपक्षी नेसनल पार्टीले २७ प्रतिशत मत पाएको छ ।
प्रधानमन्त्री आर्डनले चुनावमा पर्यावरण संरक्षण, पिछडिएका स्कुललाई धेरै अनुदान र धेरै आम्दानी भएकालाई धेरै कर लगाउने वाचा गरेकी थिइन् ।
न्यूजील्यान्डको संसदमा कूल १२० सिट हुन्छन् । एकल सरकार बनाउन ६१ सिट ल्याउनु पर्ने हुन्छ । आर्डनको पार्टीले ६४ सिट जितेको बताइएको छ ।
हरेक ३ वर्षमा संसदीय चुनाव हुने यस देशमा यस अघि मिलीजुली सरकार थियो । अब आर्डनको एकल सरकार बन्ने छ ।
गत वर्ष संसद्मा काखे बच्चा बोेकेर जाँदा प्रधानमन्त्री आर्र्डनको चर्चा चुलिएको थियो ।