कोरोना निको भइसकेका आसामका पूर्व मुख्यमन्त्री तरुण गोगोइको निधन

  प्रकाशित मिति
८ मंसिर २०७७, सोमबार १९:१३


झापा, ८ मङ्सिर । भारतीय असम प्रान्तका पूर्व मुख्यमन्त्री तरुण गोगोइको आज निधन भएको छ ।

कोरोना संक्रमण लागेर निको भइसकेका ८६ वर्षीय गोगोई आसामको तीन पटक मुख्यमन्त्री भइसकेका नेता हुन् ।

गुवाहाटी मेडिकल कलेज एन्ड हस्पिटल (जीएमसीएच)मा केही दिनदेखि गम्भीर अवस्थामा भेन्टिलेटरमा उपचार गराइरहेका उनको आज साँझ भारतीय समय अनुसार ५ः३४ निधन भएको हो ।

आसामका स्वास्थ्यमन्त्री हेमन्ता विश्वा शर्माले स्व. गोगोइको मंगलवार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: