झापा, १९ कार्तिक । दमक नगरपालिका क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेक सबै प्रकारका सवारी साधनको प्रयोगमा प्रशासनले रोक लगाएको छ ।
पछिल्लो समय कोरोनाको संक्रमण दमक क्षेत्रमा बढेपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज निषेधाज्ञा जारी गर्दै उक्त रोक लगाएका हुन् ।
निषेधाज्ञा हरेक दिनको अपरान्ह ४ बजेदेखि विहान ७ बजेसम्मका लागि लागू गरिएको हो ।
आजदेखि कार्तिक महिनाभरका लागि निषेधाज्ञा लागू हुने प्रशासनको सूचनामा जनाइएको छ ।
बस, सिटी सफारी, कार, जीप, टेम्पो र माइक्रो बसमा यो नियमा लागू हुने आदेशमा उल्लेख छ ।