इटहरी, ३१ साउन । कोरोनालाई जितेर अस्पतालबाट फर्किएका एक आफन्तलाई स्थानीयवासीले बस्न अवरोध पुर्याएपछि टोल विकास संस्थाले बस्ने वातावरण मिलाएको छ ।
इटहरी–५ ढप्कीदेवी टोल विकास संस्थाको आज बसेको बैठकले उपचार पछि घर फर्किएका आफन्तलाई मानवीय आधारमा टोलमा बस्ने वातावरण मिलाउने निर्णय गरेको हो ।
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना जितेका एक व्यक्ति हिजो यहाँस्थित आफन्तको घरमा बस्न आएका थिए । घरका मानिसले बस्न दिए पनि स्थानीयबासीले ती व्यक्तिलाई दूव्र्यवहार गरेका थिए ।
समस्या बढेपछि आज इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको उपस्थितिमा टोल विकास संस्थाका पदाधिकारी र स्थानीय वुद्धिजिविहरुको वैठक बसेको थियो ।
बैठकले ती व्यक्तिलाई बस्न दिने निर्णय गरेको हो ।
कोरोना संक्रमण बढ्दै गएको अवस्थामा जो कोहि पनि संक्रमित हुन सक्ने भएकाले संक्रमित भएका र निको भएर आएकाहरुलाई हौसला प्रदान गरिनुपर्ने उपमेयर गौतमले वताएकी छन् ।