कोरोना र समय सन्दर्भ

  प्रकाशित मिति
१० असार २०७७, बुधबार ०८:४८


यो समयमा सारा विश्व नै कोभिड १९ भाईरसको सन्त्रासमा छ । एउटा भाइरसले चौतर्फी रुपमा विश्व नै वन्दी वनेको सायद पहिलो घटना हो ।

चीनको हुवेई प्रान्तको वुहानबाट उठेको विश्वास गरिएको कोरोना भाइरसले आज विश्वलाई धमिराले झै खाइरहेको छ ।

विज्ञहरुको अध्ययन तथा विश्लेषण अनुसार कोरोना भाइरस अत्यन्तै छिटो संचार हुन्छ र जुनसुकै हावा पानीमा पनि बा“च्न सक्ने सामथ्र्य राख्छ । त्यही कारण छोटो समयमा विश्वका धेरैजसो मुलुकमा यो फैलिसकेको छ ।

भाइरस मात्रै फैलिएको छैन, हरेक देशको अर्थव्यवस्था नै क्षतविक्षत वनाइदिएको छ । शैक्षिक संस्थाहरुमा ठुलो असर परिसकेको छ । लाखौ मान्छेलाई रोजगारीविहीन वनाइसकेको छ । बैज्ञानिकहरु अनवरत रुपमा अनुसन्धानमा लागिरहेकै छन् । डाक्टरहरु ज्यानको वाजी थापेर लागेका छन् । यद्यपि यसको ओखती पत्ता लाग्न सकेको छैन । विश्वभरका करोडौ मान्छे लकडाउनमा छन् । त्यति नै संख्यामा क्वारेन्टाइनमा छन् मान्छेहरु । तै पनि यो महामारी पूर्ण रुपमा रोकिएको छैन ।

पत्रकारहरुलाई समाचार दिन भ्याई नभ्याई छ । यस्तै महामारी पहिला पनि देखिएको रहेछ सन् १९१८ ताका । स्पेनिश फ्लु नामको त्यो भाइरसले पचास मिलियन या पा“च करोड हाराहारीमा मान्छेहरु मरेको इतिहासमा छ । त्यसपछि वीसौ शताब्दीदेखि आजसम्म आईपुग्दा एसियन फ्लु, हडकड फ्लु, एच आई भी ,सार्स, स्वाईन फ्लु, मेर्स, ईबोला जस्ता महामारीले संसार हल्लाएको इतिहास छ ।

आज सम्मको अभिलेख अनुसार सवैभन्दा भयंकर महामारी १४औँ शताब्दीमा फैलिएको रहेछ । जसलाई प्लेग अथवा ‘कालो मृत्यु’ भनिएको थियो । जसका कारण विश्वमा करिव वीस करोड मान्छेको संहार भएको थियो । अहिलेको कोरोना (कोभिड १९) ले पनि आज सम्मको तथ्यांक अनुसार करिव ४ लाख मान्छेको मृत्यु भइसकेको छ । करिव ७० लाख संक्रमित छन् ।

यस्ता किसिमका माहामारीहरु समय समयमा मानव समाज भित्र किन वा के कारणले आउने गर्दछन? पक्कै पनि यसका कारणहरु एक वा दुई मात्र हुन सक्दैनन । शास्त्रमा उल्लेख भए अनुसार हावा पानी, देश र कालको कारणबाट यस्ता भाईरसहरु उत्पन्न हुन्छन भन्ने उल्लेख गरिएको पाईन्छ ।

यो युगको हावा पानी देश काल अनुसारको वातावरणमा खाए खेलेका हामीहरु पनि युग अनुसारकै छौं । हामीलाई प्रचिन भन्दा वाक्क लागेर आउ“छ । आधुनिकतामा रमाउ“छौ । आखिर हाम्रो आगमन भनेकै प्राचिन हो । ‘हिड्दै छ पाईला मेट्दैछमा हामी आइपुगेका छौं ।

यो हाम्रो जीवन यात्रा हो, यात्रा राम्रो भएन भने कार्य सफल हुदैन । जव ठक्कर लाग्दछ, तव मात्र थाहा पाउने बानी बसिसकेको छ । यात्रामा हामी बित्ता बित्तामा चुकेका छौं । त्यसको तौल कति भयो लेखाजोखा कोसंग होला ? कोरोनासंग मात्रै हैन बाढी, पहिरो, आगलागी आ“धी हुरी चक्रवात, सलह जस्ता बिनासकारी प्रकोपहरुसंग पनि जुध्नु परेकै छ । अतिबृष्टि, अनाबृष्टी, खडेरीले पनि सताएकै हुन्छ । हावा पानी देश र काल संगै उब्जिएका बिकृतिले यस्ता महामारीहरु निम्तिन्छन् । यस्ता बिकृतिहरु कसरी उत्पन्न हुन्छन ? हिड्न नजान्दा ठेस लागेजस्तै होइन र ?

हामी जात र धर्ममा गएर ठोकिन्छौं । राज्य सन्चालनका विधी विधानहरुमा पनि सधैं शसंकित हुन्छौं । यसमा कुनै सत्य र धर्मको आधार देखिदैन । यस्ता कारणले हाम्रो समग्र वातावरणमा असर पर्दछ । मठमन्दिर, गुठी सार्वजनिक जग्गामा वस्ती बसाउ“छौं । आफु जन्मेको धर्मलाई अफिम सम्झन्छौं ।

धर्मशाला मठमन्दिरको भाडाभेटी समेत दुरुपयोग भएको बुझिन्छ । कहिकतै गौचरन तथा सार्वजनिक भूमि एकादेशको कथा हुदैछ । अनेक बहानामा बनविनासले उग्ररुप लिरहेको छ । आफुखुशीका संस्कार र कर्मकाण्डहरु देखिदै छन ।

दिनदिनैको मुल्यबृद्धीले जनजीवन झन झन कठिन बन्दैछ । भ्रष्टाचार र कमिशनतन्त्रले राज्य नै थिल्थिलो हुदैछ । करको भारले दुनिया“लाई पोलेकै छ । दण्डनितिले स्थान पाउन सकेको छैन । यी सवै बिकृति र बिकारहरुले प्रकृति वातारण हावा पानी देश र कालमा असर नगर्ला र ?
प्राचीन शास्त्रको सम्मान गर्ने हो भने हावा पानी देश र कालको बिकृति ( अधर्म) ले गर्दा प्रकृतिमा असर पर्दछ र कोभिड जस्ता महामारीहरुले विश्व नै विध्वंश गराउदछन भन्ने उल्लेख गरिएको छ ।

सन्सारका प्राणीहरुको अस्तित्वलाई बचाईराख्नका निमित्त जन्मशिद्ध प्राकृतिक नियमहरु छन । ती नियमहरुलाई परिमर्जित र शुद्ध बनाउन बैदिक धर्म शास्त्रका विधानहरु अत्यन्तै सावधानी पूर्वक र विज्ञानार्थक ढंगबाट लेखिएका छन । यिनै विधानहरुका आधारहरुबाट राज्य संचालनका संविधान कानून नियम निर्देशिकाहरु निर्माण हुनुपर्ने हो ।

यिनीहरुकै धारबाट नै राज्यहरु चल्नुपर्ने पनि हुन्छ । नियम विपरित राज्य चल्न थाल्यो भने त्यसको असर प्रकृतिमा पर्दछ । प्रकृतिमा परेको असरले जनतालाई प्रत्यक्ष वा परोक्ष बाधा पुर्याउ“छ । जुनकुराहरु शास्त्रसम्वत छन ।

हाम्रा दैनिक आचरण र विचार एवं प्रकृतिक वातावरणलाई शुद्ध बनाउन सर्वप्रथम आफैबाट शुरुवात गर्नु पर्दछ ।

यो सन्दर्भमा हामीलाई खान रुची भयो भन्दैमा पेट फुल्ने गरी खानु हुदैन । सात्विक आहारा गर्नु पर्दछ । जिब्रोलाई आफ्ना बसमा राख्नु पर्दछ । रुखो चिसो का“चो पदार्थहरु खानु हुदैन । शोक सुर्ता नगर्नु डर नमान्नु मल,मुत्र वायु, भोक प्यासको बेग नरोक्नु , समयमा खानु, पूर्वीय हावा लागेको ठाउ“मा नबस्नु यसले हाम्रो शरिरलाई असर गर्दछ । यी विधिहरुबाट बच्ने मान्छेहरुलाई हैजा लाग्दैन भन्ने श्रृति नै छ । यसमा शंका के हुन्छ भने अपथ्य भोजन गर्नेहरुलाई मात्र भाइरसले नरसंहार गर्दछ र यस विषयमा ,

अपितु जनपदो ध्वंशनमेकेन ब्याधिना युगपद समानप्रकृत्याहार देहवल साम्यसत्ववयसां पुरुषाणां कस्माद भवति ? (चरक संहिता)
प्रकृति आहार विहार बल उमेरमा फरक भएता पनि अनेक देशहरुमा ती ती देशहरुको हावा पानी समय र चालचलन ब्यावहार र धर्मको विकृतिले बैगुन्य उत्पन्न हुन्छ । यसकारण यौटै स्वरुप भएको महामारीले अनेक देशहरु विध्वंश गर्दछ । यी माथिका कारणहरु उपयोग गर्ने मानिसहरुलाई महामारीको भय हुन्छ ।

यो शास्त्रको भनाई अनुसार समानकाल, समान देश समान कारण र समान स्वरुप भएका माहामारीहरुले देश विध्वंश गर्दछ भनिएको छ । यस्ता महामारीलाई निम्न चार पदार्थहरुले ठुलो मद्धत पुर्याएका हुन्छन । ती चार पदार्थहरु हावा, पानी, देश र काल हुन । यिनीहरुमा निहित अधर्मले बैगुन्य( विकार) हुन जान्छ र मानिसलाई माहामारीको भय हुन्छ ।

स्तद्वैगुण्यात् समान काल समान लिङ्गाश्च व्याधयो क्भिनिवर्तमाना जनपदमुध्वंशयति तेतु खलु ईमे भावा सामान्यजनपदेशु भवन्ति । तत्द्यथा वायु रुदकम देशस्काल ईति सर्वेषाम अग्नि वेश । वाईवा दिनाम यदबैगुन्यमुत्पध्यते तस्यमूलधमर्ः ।

यसको भनाई अनुसार आहार विहार पथ्य अपथ्य जे भए पनि हावा पानि देश, काल र धर्मको कारणले विकार उत्पन्न हुन्छ र अनेक महामारीले दुख दिन्छ । कालको विकार भनेको समयमा गर्नु पर्ने काम नगर्नाले विकार उत्पन्न हुन्छन् अर्थात त्यसको फल उल्टो हुन्छ । हामीले बनाउने खाने सुत्ने उठ्ने स्नान गर्ने, आध्यात्मिक चिन्तन गर्ने जस्ता नित्य नियमहरु समयमा गरिएन भने त्यसबाट पनि विकार उत्पन्न हुने देखिन्छ ।

राज्यले नियम कानून बनाउने उध्योग उन्नति गराउने धर्मकर्म गर्ने गराउने जनतालाई शन्ति शुरक्षा दिने र देशको शुरक्षा गर्ने यस्ता कामहरु पनि समयमा भएनन भने यसबाट पनि विकार उत्पन्न हुन्छ । यी राज्यले गर्नैपर्ने धर्म हुन । यिनै कारणले प्रत्यक्ष वा परोक्षमा राज्यलाई पनि असर पर्दछ ।

हावाका विकारहरु– पूर्वीय हावाले मान्छेलाई हानी गर्दछ । यसबाट बच्नु समधानको उपाय हो । उध्योग धन्दा कलकारखाना फोहोर मैलाबाट उठेको हावाले पनि बिकार उत्पन्न गर्दछ । पृथिवीको रस पानि भएको हुनाले देश ठाँउ माटो ढुङो खनिज वस्तु अनुसारको पानि हुन्छ । दुषित हावाले पनि पानीलाई दुषित नै बनाउदछ । हाम्रो जीवन नै पानी भएको हुनाले पानिलाई सुद्ध बनाएर पिउनु आवश्यक हुन्छ ।

हावा पानी देश कालको हेलचेक्राईले नै भाईरस जस्ता माहामारीहरुको रजाई चल्दछ । यसकारण यी विकारहरुबाट बच्ने उपाय् गर्नु पर्दछ । हावाको सफाईको लागि सडेगलेका फोहोर मैला र दिशा पिसावको टुङ्गो लगाउनु , घरवरीपरी बाटो घाटो सुघर सफा राख्नु, शास्त्रीय मान्यता अनुसार प्रयोग गरिदै आएका गन्धक खोटो सालधुव , कपुर , धुपी गोकुलधुप जस्ता परम्परागत सामाग्रीको धुप लगाउदा हाम्रो वरीपरिको दुषित वातावरण सफा हुन्छ । यी कुराहरु बैज्ञानिक ढंगले पनि पुष्टी गरिएका छन ।

पानीको सफाईमा – मैला पानीलाई फिल्टर गर्ने र कागजी बदाम घोटेर हाल्नु, त्यो पानी कपट छान गरेर अर्को भाँडामा राख्नु र पकाउनु , चिसो भए पछि घैलामा राखेर पिउने गर्नु । शुद्द पानी छ भने पनि फिट्किरी राखेर तताउनु र पिउने गर्नु । आर्काले पिएर बाँकिरहेको पानी नपिउनु ।

देशको सफाईमा – गाँउ शहरमा प्रत्येक घरले आ आफ्ना घर वरिपरि सरसफाई गर्ने, बाटो धारा पानी वरपिपल चौतराहरु टोल मिलेर सफा गर्ने । शहर बजार क्षेत्रमा सरकारी कर्मचारी तर्फबाट सरसफाई गर्न लगाउनाले क्रमश सम्पूर्ण देशको नै सफाई हुदै जान्छ ।

काल विकारमा – साचो बोल्नु, प्राणीमात्रमा दया गर्नु,परोपकार गर्नु दान गर्नु, आफुले आफ्नो संस्कृति परम्परा अनुसार मान्दै आएको स्थानीय देवी देवताहरुकोे पूजा अर्चना गर्नु, मानिसहरुको कल्याण हुने काम गर्नु, शिवजीको पूजा आराधाना गर्नु ब्रम्हचर्यमा रहनु,ब्रम्हचारी सन्तहरुको संगत गर्नु , धर्म शास्त्रहरुको चर्चापरिचर्चा, धार्मिक सात्विक बृद्ध बृद्धाहरुको सत्सङ्गत गर्नु । यी ब्यवहारहरु चरक संहितामा उल्लेख गरिएको कुरा साहित्य शिरोमणी पं कुलचन्द्र गौतमज्यूले स्वयंबैद्य भन्ने पुस्तकमा उल्लेख गरिएको पाईन्छ । र्

ईत्ये तद्भेषजम् प्रोक्तमायुष परिपालनम’, भन्ने ईत्यादि निर्देशन पाईन्छ ।

हैजा लाग्यो भन्दैमा डराउनु पर्दैन । आफु बलियो भएमा कसैले केहि गर्न सक्दैन । बलियो हुनु भनेको खाएर मात्र बलियो हुने होइन । यी माथि उल्लेख गरिएका विधिहरुको पालना गर्नाले आरोग्य हुन्छ । यी बाहेका शिद्ध औषधीहरु पनि आयुर्वेद औषाधालयमा पाईन्छन ।

१ महौषधी गुठीका

२) भाष्कर रस

३) अगस्ती रस

४) रामबाण रस

यी औषधीहरु हैजाका शिद्ध औषधी हुन । हैजामा मात्र खानु पर्दछ भन्ने हैन । पानी पर्दछ भन्ने हेत्वाभास भए पछि घुमको तयारी गर्नु या घुम बन्नु बुद्धिमानी हो ।

यस विषयमा प्राचीन कालखण्डदेखि विभिन्न ऋषीमुनीहरुले प्रयोग गरी स्वास्थ्यका निमित्त प्रभावकारी भएका उल्लेखित् दैनिक ब्यवहार र आयुर्वेदिक औषधीहरुलाई प्राथमिकतामा राखेर प्रयोग गरेको खण्डमा आम मानिसको स्वस्थ लाभ हुनसक्ने विश्वास गर्नसकिन्छ ।

( लेखक गणेशप्रसाद नेपाल अवकास प्राप्त शिक्षक हुन् )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: