कोरोना लागेका पत्रकारले पाए बीमा बापतको रकम

  प्रकाशित मिति
२८ मंसिर २०७७, आईतवार २०:१३


झापा, २८ मंसिर । कोरोना लागेका पत्रकारहरुलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको छ ।

नेपाल प्रेस युनियन सुनसरीले दुई सय ६० जना पत्रकारहरुको निःशुल्क कोरोना बीमा गरेको थियो । उनीहरुमध्ये ३२ जना पत्रकारहरुलाई कोरोना लागेको थियो ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार ३२ जनामध्ये हालसम्म सात जना पत्रकारहरुलाई बीमा बापतको रकम उपलब्ध गराईसकिएको छ । ‘दशैैँ अगाडि नै एकजना पत्रकारलाई एकलाख रुपैयाँ उपलब्ध गराईएको थियो,’ अधिकरीले भने, ‘आज ६ जना कोरोना पीडित पत्रकारहरुलाई जनही एक लाखका दरले रकम हस्तान्तरण गरिएको हो ।’

उनले बाँकी २५ जनाको रकमका लागि बीमा कम्पनीसँग सहकार्य भईरहेको र पुस भित्रमा अन्य पीडित पत्रकारहरुको पनि रकम उपलब्ध गराइने उनको दावी छ ।

कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारीले युनियन सुनसरीले गरेको उक्त कामको मुक्तकण्ठले प्रशंसा गरे । ‘चाहे फुड बैँक सञ्चालनमा होस् वा पत्रकार बिरामी पर्दा अस्पतालमा छुट गर्नमा होस् हरेक काम ऐतिहाँसिक छ,’ नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष समेत रहेका अधिकारीले भने, ‘यो ऐतिहाँसिक कामका लागि सकारात्मक चर्चा गर्नैपर्छ ।‘

कार्यक्रममा नेपाल पत्रकार महासंघ तेह्रथुमका पूर्व अध्यक्ष महेन्द्र काफ्ले, कोरोना पीडित धरानका पत्रकार केदार बस्नेत, दुहवीका कोरोना पीडित पत्रकार चन्दन रौनियारले पत्रकारितालाई मात्रै पेशा बनाएर बाँच्न कठीन भएकाले यो पाएको रकमले केही व्यवसाय गर्ने तयारी गरिरहेको बताए ।

यसअघि बिराटनगरको नोबेल हस्पिटलसँग प्रेस युनियन सुनसरी शाखाले पत्रकारहरुका लागि बिरामी भएको अवस्थामा कुल लागेको लागतको ५० प्रतिशत छुट गर्ने सम्झौता समेत गरिसेको छ ।

(प्रदेशपोर्टल)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: