कोरोना संक्रमणको जोखिम रोक्ने तयारीमा मेचीनगर

  प्रकाशित मिति
२४ जेष्ठ २०७७, शनिबार ०९:३१


मेचीनगर । झापामा पनि फैलिदै गएको कोरोना भाइरसको महामारीलाई रोक्न मेचीनगर नगरपालिकाले पूर्व तयारी गरिरहेको छ ।

काँकरभिट्टामा शुरुदेखि नै स्थानीय सरकारको उच्च सर्तकताका कारण अहिलेसम्म मेचीनगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण फेला नपरेपछि भाविदिनमा त्यसको सम्भावित जोखिम हुन नदिन पूर्व तयारी गरिरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

भारत तथा अन्य मुलुकमा अध्ययन तथा रोजगारीका लागि गएका नेपालीहरु अहिले धमाधम काँकरभिट्टा नाका भएर स्वदेश फर्किन थालेका छन् ।

मेचीनगर नगरपालिकाले आफ्नो श्रोत, साधन र जनशक्तिले भ्याएसम्म शुरुदेखि नै उनीहरुको स्वास्थ्य परीक्षण गर्ने गरेकोे छ ।

स्वास्थ्य शाखाकी संयोजक शशीकला राईका अनुसार नगरपालिकाले स्थापना गरेको सामुदायिक क्वारेन्टिन, होम क्वारेन्टिन तथा पछिल्लो समय वडामा स्थापना गरिएका वडा स्तरीय क्वारेन्टिनमा रहेका ९ सय २४ जनाको कोभिड–१९ को परीक्षण गरिसकिएको छ ।

पीसीआर विधिबाट परीक्षण गरिएका २ सय ९ जनामध्ये ९९ जनाको परिणाम आउन बाँकी छ भने अन्यको परिणाम नेगेटिभ आएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
आरडीटी विधिबाट ७ सय १५ जनाको कोरोना भाइरसको एन्टीबडी परीक्षण गर्दा १५ जनाको पोजेटिभ आए पनि पीसीआर विधिबाट परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएकोे स्वास्थ्य शाखाले जनाएको छ ।

मेचीनगरकोे विभिन्न क्वारेन्टिन र होल्डिङ प्वाइन्टमा राखिएका ३ सय १५ जनाको आरडीटी विधिबाट परीक्षण गर्दा ६ महिलासहित १५ जनाको आरडीटी टेष्ट पोजेटिभ आएको थियो ।

आरडीटी विधिबाट पोजेटिभ देखिएपछि सवैको पीसीआरका लागि नमूना संकलन गरी परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको हो ।

काँकरभिट्टा माध्यमिक विद्यालयको होल्डिङ प्वाइन्टमा रहेका १ सय ४८ जना मध्ये ३ र आदर्श माध्यमिक विद्यालय आयावारी क्वारन्टिनमा रहेका १ सय ४५ जनामध्ये १२ गरी कुल १५ जनाको एन्डीबडी पोजेटिभ देखिएको थियो ।

यसैगरी मेचीनगर नगरपालिकामा जेठ १८ गते मेयरसहित ५४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि परीक्षण लागि १ नम्बर प्रदेश प्रयोगशाला विराटनगर पठाईएको थियो । उनीहरु सवैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

‘यो विपद् र महामारीले धनी, गरीव, जातधर्म चिन्दैंन्’, –नगरप्रमुख विमल आचार्यले भने —‘अहिले विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ, यस्तो विपद्मा सवैजना उत्तेजित नभई सचेत हुनुपर्छ ।

नगरवासीको साथ सहयोग र सचेतका कारण अहिलेसम्म मेचीनगरमा यसको सक्रमण फैलिएको छैन । कामना गरौँ नहोस पनि ।’

नगरपालिकाको वडा नं ११ को धाइनजन स्वास्थ्य चौकीमा ३० शैयाको आइसोलेसन कक्ष बनाउने तयारी भइरहेकोे उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।

भाविदिनमा यसको संक्रमण नफैलियोस् भनेर स्वास्थ्य लगायत अन्य राहत सामग्री समेत जोहो गर्न थालिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: