कोरोना संक्रमणबाट नेपालमा चिनियाँ नागरिकको मृत्यु

  प्रकाशित मिति
७ श्रावण २०७७, बुधबार १५:५४


मेचीनगर । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कोभिड–१९ को संक्रमणबाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।

ग्रान्डी अस्पतालमा उपचाररत ४८ वर्षीया महिलालाई मङ्गलवार टिचिङमा भर्ना गरिएको थियो ।

परीक्षणका क्रममा कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको कार्यकारी निर्देशक डा.रोहित पौडेलले जानकारी दिए ।

उनका अनुसार संक्रमित महिलालाई मुटु सम्बन्धी रोग थियो । मुटु सम्बन्धी रोगको उपचारका क्रममा संक्रमित महिलाको बुधवार बिहान मृत्यु भएको पौडेलले बताए ।

‘उहाँ मुटु सम्बन्धी बिरामी हुनुहुन्थ्यो । बिहान मृत्यु भएको हो । उहाँलाई कोरोना पुष्टि भएपछि टिचिङ ल्याइएको थियो,’ उनले भने ।
संक्रमित महिलाको शव अस्पतालमा नै राखिएको र चिनियाँ दूतावासको निर्णयपछि मात्रै अन्त्येष्टि गरिने उनले बताए ।

नेपालमा हालसम्म ४० जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृत्यु सबै नेपाली रहेकोमा बुधवार टिचिङमा भएको मृत्यु पहिलो विदेशीको हो । (पहिलोपोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: