कोरोना संक्रमणबाट रेडक्रस झापाका पूर्व अध्यक्ष रेवती सरको निधन

  प्रकाशित मिति
२५ कार्तिक २०७७, मंगलवार १०:१६


झापा, २५ कार्तिक । हल्दिबारी निवासी नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति रेवतीरमण नेपालको कोरोना संक्रमणका कारण गए राति निधन भएको छ ।

दुई सातादेखि विराटनगरको नोवेल अस्पतालमा उनको उपचार भइरहेको थियो । सोमवार राति पौने १२ बजे निधन भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

हल्दिबारी–४ निवासी ७० वर्षीय नेपाललाई कात्तिक १२ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना संक्रमण पुष्टि भएको थियो । लगतै थप उपचारका लागि विराटनगर लगिएको थियो ।

हल्दिबारी माविका पूर्व शिक्षक एवम् शालीन व्यक्तित्वका धनी नेपालको निधनप्रति हलिदबारी गाउँपालिकाका अध्यक्ष रविन्द् लिङ्देनले गहिरो दुःख ब्यक्त गर्दै एउटा असल व्यक्तित्वलाई हल्दिबारीले गुमाउनु परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: