कोरोना संक्रमितको संख्या तीन पुग्यो

  प्रकाशित मिति
१२ चैत्र २०७६, बुधबार १३:०१


मेचीनगर । नेपालमा कोभिड १९ (कोरोनाभाइरस) संक्रमितको संख्या तीन पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरेको काठमाडौंबाट प्रकाशित रातोपाटी अनलाइनले जनाएको छ ।

अनलाइनको समाचार अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा बुधवार पोजेटिभ भेटिएको हो । तेस्रो संक्रमितलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

नेपालमा पहिलो संक्रमण चीनबाट आएकोमा भेटिएको थियो भने दोस्रो संक्रमण फ्रान्सबाट फर्किएकी विद्यार्थीमा देखिएको थियो ।

चीनबाट आएका संक्रमित निको भएर घर फर्किसकेका छन् भने फ्रान्सबाट फर्किएकी १९ वर्षीया युवतीको अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म ६८७ जनाको नमूना परीक्षण गरिएकोमा ६८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: