कोरोना संक्रमितको संख्या झापामा ३७

  प्रकाशित मिति
११ जेष्ठ २०७७, आईतवार १९:२९


झापा । बाह्रदशीमा थप १ जना व्यक्तिमा कोरोना पुष्टि भएको छ ।

बाह्रदशी गाउँपालिका–३ का एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी शुक्रबार मात्र भारतको दिल्लीबाट नेपाल आएका थिए ।

बाह्रदशी राधानगर टोलका व्यक्तिमा संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि कोभिड अस्पताल विराटनगर लगिएको छ ।
उनी बाह्रदशी घर आएर क्वारेन्टाइनमा बसेका व्यक्ति थिए ।

बाह्रदशीमा संक्रमितको संख्या २ पुगेको छ । योसँगै झापामा संक्रमितको संख्या ३७ जना पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसमध्ये बाह्रदशी र दमकका २ जना व्यक्ति उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: