कोरोना संक्रमितको संख्या ६०३ पुग्यो

  प्रकाशित मिति
१२ जेष्ठ २०७७, सोमबार ०९:०७


झापा । थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै संक्रमितको संख्या ६०३ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार झापा बारादशी–३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीको समरिमाई–५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या ६०३ पुगेको छ भने उनीहरुमध्ये ३ जनाको मृत्यु भएको छ । ८७ जना भने निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: