कोरोना संक्रमितको संख्या १० हजार नजिक

  प्रकाशित मिति
८ असार २०७७, सोमबार २२:१४


झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५÷१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२÷१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५÷५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २÷२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ९,५६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २,१४२ डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: