कोरोना संक्रमितको संख्या ३१ पुग्यो

  प्रकाशित मिति
६ बैशाख २०७७, शनिबार २१:३५


झापा । उदयपुरका थप एक जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा संक्रमण देखिएको छ ।

यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित ती भारतीय नागरिक र अरु तीन नेपालीलाई शुक्रबार राति मोरङको टाँडीस्थित क्वारेन्टाइन स्थलमा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: