कोरोना संक्रमितको संख्या २१७ पुग्यो

  प्रकाशित मिति
३० बैशाख २०७७, मंगलवार २३:०६


झापा । मङ्गलबार राति पुनः २६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा भएको परीक्षणमा २६ जनाको नतिजा पोजेटिभ आएको हो ।

योसँगै संक्रमितको संख्या २१७ पुगेको छ ।

मन्त्रालयका अनुसार पर्साका मात्र १८ जना छन् । जसमा ६ जना महिला र १२ जना पुरुष छन् ।

यस्तै, महोत्तरीका दुई पुरुष, धुनुषामा एक पुरुष र एक महिला संक्रमित भएका छन् ।

यस्तै, भक्तपुर निवासी दुई जनामा पनि संक्रमण देखिएको छ । जसमा एक महिला र एक पुरुष छन् ।

मन्त्रालयका अनुसार काठमाडौँका एक जना महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: