कोरोना संक्रमितको संख्या २४३ पुग्यो

  प्रकाशित मिति
३१ बैशाख २०७७, बुधबार २२:२८


झापा । कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा संक्रमित हुनेको संख्या २ सय ४३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी पछिल्लो विज्ञप्ति अनुसार बुधबार थप २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो ।

रुपन्देहीमा १२ जनामा संक्रमण देखिएको छ । जसमा ९ जना पुरुष र ३ जना महिला छन् ।

त्यस्तै कपिलवस्तुमा थप ८ जना पुरुषमा संक्रमण देखिँदा पर्सामा दुई पुरुष र एक महिलामा संक्रमण देखिएको छ ।

नवलपरासीमा समेत एक जनामा संक्रमण देखिएको छ ।

यसैगरी कपिलवस्त र बाँकेमा पनि १÷१ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: