कोरोना संक्रमितको संख्या २५८

  प्रकाशित मिति
२ जेष्ठ २०७७, शुक्रबार ०९:३२


झापा । नेपालमा शुक्रबार विहान सम्मा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बाँकेको नरैनापुर गाउँपालिका–१, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँकेमा नयाँ देखिएका कोरोना संक्रमित दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: