कोरोना संक्रमित फेला परेपछि गाउँपालिका सिल

  प्रकाशित मिति
१५ बैशाख २०७७, सोमबार १३:०८


झापा । आइतबार कोरोना संक्रमित फेला परेपछि सोमबारदेखि बाह्रदशी गाउँपालिकालाई सिल गरिएको छ ।

बाह्रदशी–४ निवासी एक ५० वर्षीय व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकाले उच्च सर्तकता अपनाउँदै गाउँपालिकालाई सिल गरिएको हो ।

गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा बसेको बैठकले सोमबार गाउँपालिकालाई सिल गर्ने निर्णय गरेको छ ।

सांसद् राजेन्द्र लिङ्देनको समेत सहभागितामा सोमबार गाउँपालिकामा सम्पन्न बैठकले गाउँपालिकाको पूर्वतर्फ कञ्चनगढ, पश्चिममा विरिङ खोला, उत्तरमा पाख्रिवास र दक्षिणमा राधा नगर सम्मको भाग सिल गर्ने निर्णय गरेको गाउँपालिकाले जनाउको छ ।

गाउँपालिकाका अध्यक्ष राजवंशी, उपाध्यक्ष रत्नाकुमारी राजवंशी, वडा नम्वर ३, ४ र ५ नम्वर वडाका वडाअध्यक्षहरु, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी सदस्य रहने गरी ९ जनाको समिति गठन गरिएको छ ।

भारतको दिल्ली स्थित मुस्लिमको धार्मिक सभामा भाग लिएर घर फर्किएको ४७ दिनपछि उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

आइतबार विराटनगरको कोभिड अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा ती व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

मार्च ११ मा घर फर्किएका उनको यसअघि दुई पटक आरडीटी परीक्षण गर्दा पनि कोरोना संक्रमण देखिएको थिएन ।

उनको गत बैशाख ४ पहिलो पटक र शनिवार मात्रै दोस्रो पटक आरडीटी परीक्षण गरिएको थियो ।

झापामा कोरोना संक्रमितको संख्या २ पुगेको छ । यसअघि दमक–३ नम्बर वडा निवासी ६२ वर्षीय वृद्वमा पनि कोरोना संक्रमण फेला परेको थियो । (श्रोत पूर्वाञ्चल)

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: