कोरोना संक्रमित भेटिएपछि दमक–३ नं.वडा ‘सिल’

  प्रकाशित मिति
१३ बैशाख २०७७, शनिबार ०९:४८


।। अर्जुन कार्की ।।

मेचीनगर । शुक्रबार झापाको दमकका ६२ वर्षीयमा कोरोना संक्रमण पुष्टि भएपछि रातिदेखि नै दमक नगरपालिका–३ नम्बर वडालाई ‘सिल’ गरिएको छ ।

दमक नगर नगरपालिकाकी प्रवक्ता एवम् उपप्रमुख गीता अधिकारीले वडा नम्बर ३ का एकैघरका ४ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परिक्षण गर्दा एकजनामा पोजेटिभ भेटिएको बताइन् ।

गत चैत ४ गते दुवईबाट दमक घर आएका ३० वर्षीय एक युवकबाट बुबालाई कोरोनाको संक्रमण सरेको छ ।

पोजेटिभ भेटिएका ६२ वर्षीय वृद्वलाई कोशी कोभिड अस्पताल विराटनगर पठाइएको उनले बताइन् ।

संक्रमण नहोस भनेर उक्त वडाका नागरिकहरुको परिक्षण गर्नु पर्ने भएकाले दमक नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी–१ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उत्तर, पूर्वमा हिमालय माविदेखि बेलडाँगी–१ सम्म, र पश्चिममा मावाखोलासम्मको क्षेत्रमा आवतजावत लगायत कुनैपनि गतिविधि पूर्णरुपमानिषेद गरिएको उपप्रमुख अधिकारीले जानकारी दिइन् ।

प्रमुख जिल्ला अधिकारी उदय राना मगरले शनिबारदेखि दमकमा बाहिरबाट पनि नआउने र दमक नगरपालिकाबाट बाहिर पनि नजाने तरिकाले प्रवेश रोक लगाउने गरिको तयारी भइरहेको बताए ।

‘हामीले जिल्लाका अन्य नाकाहरुमा पनि आवत–जावतलाई कडाई पारेका छौँ । संक्रमण देखिएको दमकमा पनि विशेष कडाई गरेका छौँ,’ उनले भने ।

संक्रमित वृद्वका छोरा गत चैत ४ गते दुवईबाट नेपाल आएका थिए ।

उनलाई दमककै अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमित वृद्व र ती युवक गाउँमा धेरै घुलमिल गरेकाले पनि जोखिम बढेको नगरपालिकाकाले जनाएको छ ।

अहिले नगरपालिकाले संक्रमित वृद्व र ती युवकसँग सिधा सम्पर्कमा आएका व्यक्तिहरुको विवरण लिने काम गरिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी मगरले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली संक्रमित वृद्वको ठाउँतिर प्रस्थान गरिसकेको बताए ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौँलागाईले वृद्वसँग सम्पर्कमा आएका व्यक्ति धेरै हुनसक्ने भएकाले स्वाब परिक्षण गर्ने राख्ने भाँडो ‘भिटिएम’ र किटको अभाव रहेको बताए ।

‘हामीसँग भिटिएम स्टकमा छैन’, चौलागाईले भने–‘ १ नम्बर प्रदेश सरकारसँग सामग्रीहरु माग गरिएको छ । भिटिएम र किट आएपछि अरुको पनि परीक्षण गर्छौँ ।’

नेपाल एयरलायन्सको जहाजमा दुवईबाट चैत ४ गते नेपाल आएका एक युवादेखि उनका बुबामा कोरोना संक्रमण भएको प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

एसपी कोइरालाले अहिले दमक–३ नम्बर वडा र आसपासका क्षेत्रमात्र ‘सिल’ गरिएको बताए । आवश्यकता अनुसार बढाउने तयारीका लागि छलफल भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: