मेचीनगर, २५ वैशाख । नेपालमा कोरोना संक्रमित १०१ जना पुगेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
कपिलवस्तुका उनीहरु १६ र २२ वर्षका पुरुष छन् । दुवैको अवस्था सामान्य छ ।