कोरोना संक्रमित ४२७ पुगे, ४५ निको भए

  प्रकाशित मिति
७ जेष्ठ २०७७, बुधबार १७:०४


झापा, ७ जेठ । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

यसैबीच, उदयपुुरका ८ जना कोरोना संक्रमित निको भएका छन् । निको भएसँगै उनीहरु बुधबार डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४५ पुगेको छ ।

हालसम्म नेपालमा बुधबार थपिएका २५ सहित ४२७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सो संख्यामा निको भएका हुन् ।
कोरोनाबाट नेपालमा दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: