‘कोविदका उपन्यास खुब पढिन्थ्यो’

  प्रकाशित मिति
९ माघ २०७२, शनिबार ०५:५७


ganesh

बुधवारेस्थित सीता रमेश बहुमुखी क्याम्पसका प्रमुख गणेश निरौला अध्ययनशील व्यक्तित्वका रुपमा परिचित छन् । प्राध्यापनमा अधिकांश समय व्यतित गर्दै आए पनि उनका इतिहास र साहित्यसँग सम्बन्धित खोजमूलक लेख पत्रपत्रिकामा पढ्न पाइन्छ । प्रस्तुत छ उहाँसँगको पुस्तक वार्ता–

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
रमेशनाथ पाण्डेको ‘कुटनीति र राजनीति’ । यसले इतिहासको गहिराईमा पुरिएका धेरै तथ्यहरूको उत्खनन् गर्छ । देश र देशका मान्छे चिन्न सघाउँछ ।

कस्ता पुस्तक बढी मन पर्छन् ?
साहित्यिक र ऐतिहासिक पुस्तक मन पर्छन् । साहित्यिक पुस्तकले आनन्द, सन्तुष्टि र ऊर्जा प्रदान गर्दछन् भने ऐतिहासिक पुस्तकले मानव जातिको सभ्यता र संस्कृतिको विकासव्रmम बुझाउँछन् । यसले भविष्यको बाटो निर्दिष्ट गर्दछ ।

मन परेको नेपाली लेखक ?
बुद्धिले लेख्ने ‘सम’ जस्ता लेखकका सापेक्षतामा हृदय खन्याउने ‘देवकोटा’ जस्ता स्रष्टा मन पर्छन् ।

साथीलाई कुन पुस्तक सिफारिस गर्नु हुन्छ ?
पढ्नै पर्ने पुस्तक धेरै छन् तर एक पटक मन लगाएर पढ्नै पर्ने पुस्तक ‘गीता’ हो भन्ने लाग्छ । यसको अध्ययन र मननले मान्छे हठात् साँघुरो कोठाको दैलो खोलेर बाहिर निस्कन्छ र सीमाहीन संसारमा विचरण गर्ने अवसर पाउँछ ।

पुस्तक खरिदमा मासिक कति खर्च हुन्छ ?
पत्रपत्रिका बाहेक वार्षिक ५÷६ हजार खर्च हुन्छ होला ।

पुस्तकसँग जोडिएको अविस्मरणीय घटना ?
इलाम क्याम्पसमा प्रमाणपत्र तह अध्ययन गर्दा प्रकाश कोविदका उपन्यास खुब पढिन्थ्यो । तर नेपाली पढाउने सरले नेपाली उपन्यासकारमा प्रकाश कोविदको नाम कहिल्यै नलिएपछि एक दिन कक्षामै यस सम्बन्धी जिज्ञासा राख्यौँ, राजेन्द्र सुवेदी सरले दार्जीलिङको फुच्चे रेल चढेर सिलिगुडी जाने यात्रुले दार्जीलिङमा किनेर सिलिगुडीको फोहोर फाल्ने खाल्डोमा फ्याँक्ने पुस्तक हो कोविदको उपन्यास भन्दा हामी सारै रन्थनिएका थियौँ । त्यति राम्रो पुस्तकलाई यति धेरै गाली भन्ठानेर । हाम्रा कोठामा कोविदका थुप्रै पुस्तक थिए ।

पुस्तक पढ्ने उपयुक्त समय ?
शिक्षण र अन्य व्यस्तताले पढ्ने निश्चित र उपयुक्त लाग्ने समय छैन । फुर्सदको कुनै पनि क्षण एकान्त स्थलमा पढ्न रुचाउँछु ।

पढिसकेपछि पुस्तक कसरी जतन गर्नु हुन्छ ?
पहिलेका धेरै पुस्तकहरू संरक्षणको अभावमा नासिएर गए । कतिले पढ्न लगेर फर्काएनन् । अहिले घरैमा पुस्तकालयको रुप दिने कोशिसमा छु ।

पढ्न मन लागिरहेको पुस्तक ?
नेल्सन मण्डेलाको ‘ब् यिलन धबपि तय ाचभभमयm’ । यस पुस्तकले युगीन नेता मण्डेलाका सङ्घर्षमयी जीवनका अनुभूतिले मानव जाति लाभान्वित हुन सक्छ भन्ने कुरा सङ्केत गरेको हुनुपर्छ । तर मैले पढ्न पाएको छैन ।

कुनै पुस्तक लेख्दै हुनुहुन्छ कि ?
पुस्तक लेख्दै छुइनँ, फुटकर लेखहरूमा सीमित छु । अध्ययनको कमी र अन्य कामको संलग्नताले मेरो लेखनी अभिशप्त छ । तर मन मारेको छुईनँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: