को हुन् विष्णु प्रसाई

  प्रकाशित मिति
२५ जेष्ठ २०७४, बिहीबार ००:११


bisn nu 12

मेचीनगर । नेकपा एमालेबाट मेचीनगरमा मेयरको टिकट पाएका विष्णु प्रसाई शारीरिक रुपमा अहिले निकै हठ्ठाकठ्ठा छन् । ६४ वर्षीय प्रसाई अहिले मात्र होइन, १७ वर्षको किशोर उमेरमा तत्कालीन कम्युनिष्ट पार्टीका नेता सीपी मैनाली र केपी ओलीले पनि उनलाई लडाकुको जस्तो तन्दुरुस्त शरीर देखेरै सुरुमा पार्टीमा भित्र्याएका थिए ।

वि.सं. २०१० साल साउन २१ गते तेह्रथुमको आठराइमा जन्मिएका उनी १७ वर्षको कलिलो उमेरमै कम्युनिस्ट राजनीतिमा हाम्फालेका थिए ।
विद्यार्थीकालमा २०२७ सालमा एक महिना, २०३७ सालको पाटा आन्दोलनमा ८ महिना र २०४५ सालमा २२ महिना जेल परेका उनी झापाकै पुराना कम्युनिस्ट नेता मानिन्छन् ।

झापा आन्दोलनमा प्रत्यक्ष सहभागी नभएका उनी पार्टीका नेताहरुको प्रमुख सेल्टरदाता र सहयोगी थिए ।
२०३६ सालमा भने उनी लगायत झापाका द्रोणाचार्य क्षेत्री, लीला उदासी, कम्पलाल राजबंशी, तारा ओलीहरुले जनमत सङ्ग्रह वहिष्कार गर्ने पार्टीको नीति विपरीत बहुदलको पक्षमा खुलेर प्रचार गरेका थिए ।

२०३६ सालदेखि २०४५ सालसम्म पूर्वी झापामा जसले पञ्चायत विरोधी गतिविधि गरे पनि प्रहरीले विष्णु प्रसाईलाई नै पक्राउको वारेन्ट जारी गथ्र्यो । पञ्चायकसँग भिड्न कहिल्यै नडराउने उनले पार्टीभित्र लडाकु दस्ताको समेत नेतृत्व गर्थे । २०४६ सालको आन्दोलनका बेला जेलमा बन्दी रहेका कारण उनले सडक आन्दोलनमा भाग लिने अवसर पाएनन् ।

तर २०६२÷०६३ को आन्दोलनमा भने उनी झापाका एउटा नायक नै थिए । २०६३ बैशाख ६ गते चन्द्रगढीमा भएको विशाल जनविद्रोहका बेला उनले प्रहरीको प्रहारका कारण टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट सहेर पनि आन्दोलनको नेतृत्व प्रदान गरेका थिए ।

विवाह गरेको १६ दिनमै पुलिस पक्रिन आएपछि लामो अवधिसम्म घरवार छाडेर उनले भूमिगत हुँदै भारत निर्वासित हुनु परेको थियो । सम्पन्न परिवारमा जन्मे हुर्के पनि उनको जीवन निकै सङ्घर्षपूर्ण देखिन्छ ।

२०४३ सालमा धाइजनको जनपक्षीय प्रधानपञ्च निर्वाचित हुँदा पञ्चायती शासकहरुले उनलाई अपराजेय बाघ नै सम्झन्थे । २०५४ मा उनी जिविस उपसभापतिमा निर्वाचित भएका थिए । २०५६ मा सांसद पदमा उठेका उनले पराजय व्यहोर्नु परको थियो । त्यसेबला एमाले विभाजित भएको थियो ।

उनी पहिलो एमाले सरकारका पालामा नेपाल चिया विकास निगमको महाप्रबन्धक नियुक्ति भएका थिए ।
जीवनभर कम्युनिष्ट राजनीति गरेका उनको पुख्र्यौली परिवार भने जमिन्दार जस्तै थियो । धाइजनमा परिवारको थुप्रै जग्गा जमिन थियो । उनले आफ्नै वुवाले मोहीहरुमाथि थिचोमिचो गर्दा भूमिसुधार कार्यालय गएर खेत जोत्ने किसानलाई मोहीयानी हक दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: