क्यान्सर दिवसमा विर्तामोडमा र्याली (फोटो फिचर)

  प्रकाशित मिति
२२ माघ २०७७, बिहीबार १६:०४


विर्तामोड, २२ माघ । विश्व क्यान्सर दिवसको अवसरमा आज विर्तामोडमा सचेतना र्याली निकालिएको छ । पूर्वाचल क्यान्सर हस्पिटलका डाक्टर, नर्स र सामाजिक संघ संस्थाहरुको सहभागितामा र्याली निकालिएको हो ।

बीएन्डसी हस्पिटल परिसरबाट सचेतनामूलक नारा लगाउँदै सुरु भएको र्यालीले विर्तामोड बजार परिक्रमा गरेको थियो । र्यालीपश्चात सिटी मार्केटमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अवसरमा पूर्वाञ्चल क्यान्सर हस्पिटलका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले क्यान्सर रोग लाग्नै नदिने उपाय गर्नु सबैभन्दा राम्रो हुने धारणा व्यक्त गर्दै क्यान्सर लागिहाले उपचारबाट निको हुने बताए ।

बीएन्डसी हस्पिटलका मेडिकल डाइरेक्टर डा. निराजन पराजुलीले मदिरा, चुरोट र गुट्खा खाने बानीले क्यान्सर रोग बढिरहेको बताए । स्वस्थ र सन्तुलित आहार र व्यायामले मानिसमा क्यान्सर प्रतिरोधी शक्ति प्राप्त हुने क्यान्सर नलाग्ने वातावरण बनाउन मानिसले जतिसुकै व्यस्तताका स्वास्थ्यका विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा हस्पिटलका नर्सहरुले चेतनामूलक नाटक, गीत र नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: