क्यान्सर पीडितलाई दाहाल प्रतिष्ठानको सहयोग

  प्रकाशित मिति
१४ पुष २०७७, मंगलवार १७:५६


भद्रपुर, १४ पुस । दाहाल प्रतिष्ठान भद्रपुरले एकजना क्यान्सर पीडितलाई २७ हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

भद्रपुर–१० स्थित धनुषमोड पूर्व प्रज्ञा एकाडेमी आसपास निवासी ५१ बर्षीय क्यान्सर रोगी निर्मलकुमार दाहाललाई घरमै पुगेर मङ्गलबार आयोजीत एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरिएको हो ।

प्रतिष्ठानको मानवीय कोष अन्र्तगतबाट २५ हजार रुपैयाँको चेक र यमनाथ दाहालबाट प्राप्त नगद २ हजारसहित एकमुष्ठ २७ हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको थियो ।

प्रतिष्ठानका प्रदेश नं १ का सदस्य दिपक दाहाल, भद्रपुर शाखाका अध्यक्ष मुक्तिनाथ दाहाल लगायतको टोलीले निर्मललाई उक्त रकम प्रदान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष दाहालले आफुहरुले प्रतिष्ठानका सदस्यहरुबाट ‘कम अफ वीथ हण्डे«ड’ अन्र्तगत मासिक एक–एकसय रुपैयाँ संकलन भएको रकमबाट प्रतिष्ठानको नियम अन्र्तगत मानवीय सेवामा प्रयोग गर्ने भन्ने मान्यता अनुरुप उक्त रकम प्रदान गरिएको बताए ।

कार्यक्रममा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिराप्रसाद पोेखरेलले प्रतिष्ठानले गरेको सहयोगको प्रशंसा गर्दै सबैको सानो सहयोगले पीडितलाई ठुलो राहत पुग्ने बताए ।
२ बर्षदेखि बोन क्यान्सर भएर घरमै थलिएर रहेका निर्मलको आर्थिक अवस्था अत्यन्तै दहनीय रहेको छ ।

निर्मलको उपचारमा हालसम्म ११ लाख रुपैयाँ भन्दाबढी खर्च लागिसकेको परिवारले जनाएको छ । उनको परिवारले अर्काको बनीबुतो गरेर गुजारा चलाउँदै आइरहेको छ ।

।। रेवतीराज घिमिरे ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: