क्यान्सर पीडितलाई सहयोग जुट्दै

  प्रकाशित मिति
२८ चैत्र २०७२, आईतवार ०९:४९


खुदुनाबारी । क्यान्सर पीडित नरेन्द्र चेम्जोङको उपचार खर्च जुटाउन बैदेशिक रोजगमार रहेका खुदुनाबारीबासीहरु पनि लागि परेका छन् ।
हाल कोरिया, बहराईनलगायतका देशमा रहेका युवाहरुले चेम्जोङको उपचारका लागि २ लाख ५ सय रुपैयाँ पठाइदिएको सहयोग अभियानका अध्यक्ष नरबहादुर कन्दङ्वाले जानकारी दिए ।

उनीहरुबाट प्राप्त रकम एकसेल बैकको ००७१०७०००५७१८१०००००१ नम्बरको खातामा रहेको अध्यक्ष कन्दङ्वाले बताए ।

जसमा खुदुनाबारी ७, ८ र ९ का कोरियामा श्रम गरिरहेका युवाहरुबाट ८२ हजार ६ सय रुपैंयाँ, बहराईनमा कार्यरत सोमराज कन्दङवाको संयोजनमा ७४ हजार १ सय ३५ रुपैंया, खुदुनाबारीको गरुवाचोकबाट ८ हजार ७ सय १५ रुपैंयाँ, आइतबारे बजारबाट ११ हजार ८६ रुपैंयाँ, सोनिमाया कुरुम्वाङद्धारा ५ हजार रुपैंयाँ, हङकङबाट दिवस राइले १ हजार रुपैंया, सर्मिला राईद्धारा ५ सय रुपैंया आएको छ ।

यस्तै मिना पन्धाकद्धारा ५ हजार २ सय रुपैंयाँ, ब्लुहेभन अग्रेजीमा.वि द्धारा ४ हजार रुपैंयाँ, जुकेखाडी सामुदायिकवनले १० हजार रुपैंयाँ सहयोग प्रदान गरेको संयोजक कन्दङवाले बताए ।

खुदुनबारी–७ निवासी ३९ वर्षीय चेम्जोङको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सकले व्रmमिक रुपमा सुधार भइरहेको जनाएको भाई घनश्याम चेम्जोङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: