क्यामेरा छ तर काम गर्दैन

  प्रकाशित मिति
१२ जेष्ठ २०७३, बुधबार ०७:२५


60902449
विर्तामोड । विर्तामोडको मुक्तिचोक वरिपरिको सुरक्षा गतिविधि बुझ्न जडान गरिएको सीसी क्यामेराले काम गर्न छाडेको छ । दुई वर्षअघि चारवटा सीसी क्यामेरा जडान गरिएको थियो । तर, कम क्षमता भएकाले क्यामेराले वरिपरिको गतिविधि क्याच गर्न छाडेको बुझिएको छ ।
चार वटामध्ये एउटा क्यामेरा त बिग्रिएर कामै नलाग्ने भएको छ । क्यामेराले काम गर्न छाडेपछि अनुसन्धान गर्न समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

विभिन्न दाताहरुको आर्थिक सहयोगमा मुक्तिचोकमा सीसी क्यामेरा र डिजिटल डिस्प्ले जडान गरिएको थियो । व्यस्त सडक र बढ्दो सवारी चाप हुने विर्तामोडको सुरक्षालाई मध्यनजर गरी सीसी क्यामेरा राखिएको थियोे । तर, त्यसले काम गर्न छाडेपछि सवारी दुर्घटनाका विषयमा ट्राफिकलाई थाहा पाउन गाह्रो भएको छ ।

निर्माण व्यवसायी सङ्घ, सुनचाँदी व्यवसायी सङ्घ झापा, प्रविन पोखरेल, टेकनाथ ढुङ्गाना, पदम प्रसाईं, जयनारायण ढुङ्गाना, दिपेन्द्र राउत लगायतले सीसी क्यामेरा र डिजिटल डिस्प्ले सञ्चालनमा ल्याउन सहयोग गरेका थिए । ट्राफिक प्रहरीको मातहतमा रहेको क्यामेरा पावरफुल नभएको ट्राफिकका सई सुनिलकुमार श्रेष्ठले बताए । उनका अनुसार मुक्तिचोक वरपरको दुर्घटना बारे अनुसन्धानमा समस्या हुने गरेको छ । ‘क्यामेराले कामै गर्न छाडेको त होइन’, उनले भने, ‘तर क्यामेरामा मुक्तिचोक वरपरको क्षेत्र स्पष्ट देखिन छाडेको छ, एउटामा त मधुरो देखिन्छ, केही बुझिदैन ।’

सीसी क्यामेराले काम गर्न छाडेपछि सुरक्षा चुुनौती बढ्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । ‘दुर्घटना जुनसुकै बेला हुन सक्छ’ एक प्रहरी अधिकृतले भने, ‘सीसी क्यामेराको सहयोगमा अनुसन्धान गर्न मद्दत पुग्छ ।’

मेची अञ्चलकै प्रमुख व्यापारी केन्द्र बिर्तामोडमा कार्यालय रहेको ट्राफिक प्रहरीलाई त्यसै पनि दुर्घटना न्युनीकरण गर्न हम्मेहम्मे पर्ने गरेको छ । जनशक्ति कम हुँदा ट्राफिक प्रहरीले जनपथको सहयोगमा काम गर्दै आएको छ । यद्यपि बढ्दो सवारी चापसँगै दुर्घटना बढ्ने भएकाले ट्राफिक प्रहरीलाई समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: