क्याम्ब्रिजमा एजुकेसन सेमिनार जारी

  प्रकाशित मिति
६ असार २०७४, मंगलवार १०:२३


cambridge 1विर्तामोड । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा आजबाट क्याम्ब्रिज इण्डिया, अष्टे«लिया एजुकेशन सेमिनार शुरु भएको छ ।

एसईई परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि उत्कृष्ट कलेजहरुको खोजीमा रहेका विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी असार १० गतेसम्म बिर्तामोड, दमक, विराटचौक, इटहरी, धरान र विराटनगरस्थित क्याम्ब्रिज इस्न्टिच्युट अफ टेक्नोलोजीका शाखाहरुमा सेमिनार गरिने संस्थाका पूर्वाञ्चल को–अर्डिनेटर तथा बिर्तामोड शाखा प्रमुख निश्चल सिंखडाले जानकारी दिए ।

एसईई र प्लस टु उत्तीर्ण गरेका विद्यार्थीहरुलाई इञ्जिनियरीङ, नर्सिङ,
म्यानेजमेन्ट, फेसन डिजाइनिङ, इन्टेरियर डिजाइनिङ, आर्किटेक्चर, बिएस्सी एग्रिकल्चर, बिई, बिटेक लगायतका विषयमा शैक्षिक परामर्श प्रदान गरिने उनले बताए ।

भारतका एपी गोयल सिमला युनिभर्सिटी, ग्रीनहीलन गु्रप अफ इन्स्टिच्युट, आइइटी भदल टेक्निकल क्याम्पस, गौतम मेडिकल कलेज, एसजेइएस म्यानेजमेन्ट कलेजका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई कलेज तथा सम्बन्धित विषयबारे परामर्श दिइने उनले बताए ।

सेमिनारमा सहभागी विद्यार्थीहरुलाई भारत बैंगलोरका विभिन्न कलेज तथा युनिभर्सिटीहरुमा छात्रवृत्तिसहित भर्ना गरिने क्याम्ब्रिज इन्स्टिच्युट अफ
टेक्नोलोजीका संस्थापक शिशिर सिंखडाले बताए ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: