क्याम्ब्रिजले फेरि ३० विद्यार्थी पठायो

  प्रकाशित मिति
३ भाद्र २०७३, शुक्रबार १७:०७


14074504_817113021756066_1806412174_o

बिर्तामोड, ३ भदौ । उच्च शिक्षा अध्ययन गर्न भारतको सिमलास्थित एपी गोयल सिमला युनिभरसिटी जाने विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच काँकरभिट्टाबाट विदाई गरिएको छ ।

झापाको बिर्तामोडस्थित क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजी मार्फत उच्च शिक्षा अध्ययन गर्न उक्त कलेजमा जाने विद्यार्थीहरुलाई विदाई गरिएको हो । क्याम्ब्रिज इन्स्टीच्यूट अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक शिशिर सिंखडाको अध्यक्षता तथा एपी गोयल सिमला युनिभरसिटीका एसिस्टेन्ट डाइरेक्टर पंकज काजलाको आतिथ्यमा सम्पन्न कार्यक्रममा उनीहरुलाई विदाई गरिएको हो ।

प्लस टु उत्तीर्ण गरी इञ्जिनियरिङ एण्ड टेक्नोलोजी, होटल एण्ड टुरिजम म्यानेजमेन्ट, फेसन एण्ड टेक्सटाइल, मिडिया एण्ड कम्युनिकेशन, एप्लाइड साइन्स, विजनिस म्यानेजमेन्ट, लिग स्टडी एण्ड रिसर्च, आर्किटेक्चर एण्ड प्लानिङ विषयमा अध्ययन गर्न जाने ३० जनाभन्दा बढी विद्यार्थीहरुलाई विदाई गरिएको थियो ।

कार्यक्रममा एपी गोयल सिमला युनिभरसिटीका एसिस्टेन्ट डाइरेक्टर काजलाले उक्त कलेजमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरूलाई छात्रवृत्तिसहित भर्ना लिइने बताए । उनले उच्च शिक्षा अध्ययन गर्न भारत जाने नेपाली विद्यार्थीहरूका लागि भारतको सिमलास्थित एपी गोयल सिमला युनिभरसिटी उत्कृष्ट शैक्षिक गन्तव्य बनेको बताए ।

नेपालको जस्तै भू–बनोट, मौसम, खानपान, रहनसहनसिमलाको पनि भएकोले पछिल्लो समय उक्त कलेजमा अन्य देशकोभन्दा नेपालका विद्यार्थीहरू अध्ययन गर्न बढी आएको काजलाले बताए ।

सन् २०१२ मा स्थापित उक्त कलेजमा नेपालसहित १८ वटा अन्य देश र भारतका २४ वटा प्रान्तका करिब २ हजार जना विद्यार्थी अध्ययनरत् रहेका छन् । ती विद्यार्थीहरूमध्ये २ सय जनाभन्दा बढी नेपाली विद्यार्थीहरू त्यहाँ अध्ययनरत् रहेको काजलाको भनाइ छ ।

त्रिभुवन विश्व विद्यालय काठमाडौं र एपी गोयल सिमला युनिभरसिटीबीच शैक्षिक आदानप्रदान कार्यक्रम शुरु गरिएको बताउँदै काजलाले यसले नेपाली विद्यार्थीहरूलाई मद्दत पुग्ने बताए । कार्यक्रममा विदाई हुने विद्यार्थीले त्यहाँ आफूहरुले सिकेको ज्ञान र सीप नेपालमा उपयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: