विर्तामोड । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले उच्च शिक्षा अध्ययन गर्न भारतको बैंगलोर जाने विद्यार्थीहरुलाई मङ्गलबार काँकरभिट्टाबाट विदाई गरेको छ ।
विदाई कार्यव्रmममा वक्ताले विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्न भारत पठाउनु रहर नभएर बाध्यता भएको बताएका छन् ।
एसएलसी र प्लस टु उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न भारतको बैंगलोर जाने ७० जना भन्दा बढी विद्यार्थीहरुलाई एक कार्यव्रmमकाबीच काँकरभिट्टामा बिदाइ गरिएको थियो ।
क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक शिशिर सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा सहभागी अभिभावकले नेपालमा इञ्जिनियरिङ, नर्सिङ लगायतका विषयमा अध्ययन गर्न ठूलो खर्च लाग्ने र देशमा हुने बन्द, हड्ताल र राजनीतिक अस्थिरताले पुरै समय क्याम्पस नलाग्ने भएकोले आफूहरुले उच्च शिक्षा अध्ययन गर्न छोराछोरीहरुलाई बैंगलोर पठाउनु परेको बताएका थिए ।
कार्यव्रmममा बिदाइ हुने विद्यार्थीहरुले बैंगलोरमा उच्च शिक्षा अध्ययन गरी त्यहाँ सिकेको ज्ञानलाई नेपालमा सदुपयोग गर्ने बताएका थिए ।
क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले देशका विभिन्न भागमा सञ्चालन गरेको शैक्षिक मेलाबाट उचित शैक्षिक परामर्श प्राप्त गरी उनीहरु उच्च शिक्षा अध्ययन गर्न बैंगलोर गएका हुन् ।
भारतको बैंगलोरस्थित डाक्टर श्रीश्रीश्री शिवकुमार महास्वामी कलेज अफ इञ्जिनियरिङ हिन्दुस्तान एभीएसन एकाडमी एसजेइएस, स्पूर्ति मेनेजमेन्ट कलेज मा इन्जिनियरिङ बिसिए, बिबिए वीथ एभीएसन, होटल मेनेजमेन्ट लगायतका विषयमा छात्रवृत्तिसहित उक्त विद्यार्थीहरुलाई भर्ना गरिने बताइएको छ ।