चितवन । प्रहरीले दर्ता नगरी सञ्चालन गरिएको र धर्म प्रचारमा संलग्न भएको अभियोगमा क्रिश्चियन बालगृहका सञ्चालकलाई यहाँ पक्राउ गरेको छ ।
चितवनको भरतपुरमा रहेको ‘पिस नेपाल’ नामको बालगृह सञ्चालन गर्दै आएका सञ्चालक प्रतीक सुनारलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।
मङ्गलबार साँझ प्रहरी टोलीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमा राखेको छ । विगत दुई वर्षदेखि यहाँ दर्ता नै नगरी बालगृह सञ्चालन गरिएको र नियम विपरीत धर्म प्रचार गरिएको समेत पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको उनले जानकारी दिए ।
त्यहाँ अहिले आठ जना बालबालिका थिए । यस बालगृहमा पटकपटक गरिएको अनुगमनका क्रममा सुधार गर्न दिइएको निर्देशन अटेर गरेपछि प्रहरीले पक्राउ गरिएको जनाएको छ ।
(२०७३ साउन ६ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित )