स्प्रे गर्दा ढाडमा क्लोरिन चुहिएर घाइते

  प्रकाशित मिति
१९ चैत्र २०७६, बुधबार १२:३९


मेचीनगर । मेचीनगर–६ काँकरभिट्टाका १५ वर्षीय अबिनाश सुबेदी कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नगरपालिकाले दिएको क्लोरिन नामक रासायनिक पदार्थको झोल स्प्रे गर्दा सख्त घाइते भएका छन् ।

घटना चार दिन अघिको हो । टोलमा किटनासक झोल स्प्रे गर्नका लागि मेचीनगर–६ ले टोल विकास संस्थाहरुलाई क्लोरिन दिएको थियो ।

सुनाखरी टोलका अध्यक्ष समेत रहेका कृष्णप्रसाद सुबेदीले ट्याङ्की खोजेर आफ्नो टोलमा समेत क्लोरिन छर्कने कार्य गरेका थिए ।

हजुरबुबालाई किन बोझ दिनु भनेर आफै टोलको सडकमा ट्याङ्की बोकेर स्प्रे गर्न जाँदा अबिनाशको ढाडमा क्लोरिनको झोल पोखिएको थियो । उनको ढाड र कम्मरसम्मै क्लोरिनले छाला डढाएर गम्भीर घाउ बनाएको छ ।

स्थानीय मनिषा मेडिकलमा दिएको औषधि लगाएर घाइते घरमै बसिरहेका छन् । लकडाउनका कारण घाइतेलाई अस्पतालमा लैजान नसकिएको घाइतेका हजुरबुबाले बताए ।

सोही वडाका अध्यक्ष ललित तामाङले घटनाप्रति दुःख प्रकट गर्दै घाइतेको सम्पूर्ण उपचार वडा कार्यालयले व्यहोर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: