क्वान्दो च्याम्पियनसिपः सागरलाई स्वर्ण

  प्रकाशित मिति
३ आश्विन २०७९, सोमबार १३:१२


काठमाडौं, ३ असोज । नेपालका सागर गुभाजुले अस्ट्रेलियामा सम्पन्न सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको सनसाइन सहरमा सम्पन्न च्याम्पियनसिपमा ग्यरोगीतर्फ उनले स्वर्ण जितेका हुन् ।

युएससी स्टेडियममा भएको पुरुष ७४ केजीको फाइनलमा सागरले अस्ट्रेलियाका जेन मेन्सफिल्डलाई हराए । फाइनल बेस्ट अफ थ्रि अनुसार भएको थियो । जसमा सागरले दोस्रो राउन्डमा नै फराकिलो अन्तरको स्कोर बटुल्दै नतिजा आफ्नो पक्षमा पारे । उक्त तौल समूहमा अमेरिकाका चार्ली बिलगुड तेस्रो स्थानमा रहे ।

गत महिना मात्र अध्यययनका लागि अस्ट्रेलिया पुगेका सागर राष्ट्रिय टोलीका खेलाडी समेत हुन् । उनी विभागीय टोली त्रिभुवन आर्मीबाट खेल्थे । उनले इन्डोनेसियामा भएको १८औँ एसियन गेम्स, चाइनमा सम्पन्न आर्मी ओलम्पिक गेम्स र कोरियामा सम्पन्न विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गरेका थिए । कोरियाको जेजु र मुजुमा सम्पन्न जी टु गेम्समा क्रमशः तेस्रो र दोस्रो स्थान प्राप्त गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: