क्वारेन्टाइनको व्यवस्थापन नेपाली सेनालाई

  प्रकाशित मिति
१६ चैत्र २०७६, आईतवार ०६:५९


मेचीनगर । प्रदेश नं. १ सरकारले कोडिभ १९ (कोरोना भाइरस) सङ्क्रमणको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई प्रभावकारी बनाउन क्वारेन्टाइनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने भएको छ ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा शनिवार बसेको प्रदेशस्तरीय जनसुरक्षा कोष सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्रिय समाचार समितिका अनुसार बैठकले प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालयहरुलाई कोरोना अस्पताल र क्वारेन्टाइनसम्म जनतालाई पुर्याउने जिम्मेवारी तोकेको छ ।

यसैगरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी वललाई अस्पताल र क्वारेन्टाइनको सुरक्षा गर्ने, संक्रमितहरुको सुरक्षा गर्ने र लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने जिम्मेवारी तोकेको छ ।

मुख्यमन्त्री राईको अध्यक्षतामा बसेको निर्देशन समितिको अर्को बैठकले कोरोनाविरुद्ध अभियानमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अतिरिक्त सुविधा दिने निर्णय गरेको छ । बैठकले हाल स्थानीयस्तरमा कामविहीन रहेका प्रदेशका सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाविरुद्धको अभियानको संयोजन र अनुगमनकको काम गर्ने निर्णण् गरेको छ ।

राजधानीबाहिर पहिलोपल्ट धरानको वीपी कोइराला स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको जाँचको व्यवस्था गरिएको हुँदा प्रदेश नं. १ र २ का शंकास्पद विरामीलाई कोरोना लागेको हो कि होइन भन्ने पत्ता लगाउन छिटो हुने भएको छ ।

कोरोना संक्रमणको उच्च जोखिम क्षेत्रमा पर्ने भएको हुँदा प्रदेश नं. १ मा कोरोना अस्पताल बनाउने, क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन प्रभावकारी तुल्याउने लगायतका विषयमा प्रदेश सरकार युद्धस्तरमा अग्रसर भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: