क्वारेन्टाइनमा बसेकालाई खाना खुवाउँदै बाहुनडाँगी जेसिज

  प्रकाशित मिति
२८ जेष्ठ २०७७, बुधबार १७:४३


मेचीनगर–४ स्थित पशुपति माविको क्वारेन्टाइन

मेचीनगर । बाहुनडाँगी जेसिजले मेचीनगर–४ का विभिन्न विद्यालयका क्वारेन्टाइनमा बसेका ३२ जना व्यक्तिलाई १५ दिनदेखि खाना खुवाइ रहेको छ ।

भारतका विभिन्न ठाउँबाट मजदुरी गरेर घर फर्किएर क्वारेन्टाइनमा बसेका उक्त व्यक्तिहरुलाई जेसिजले खानाको व्यवस्थापन गरेको हो ।

बाहुनडाँगी जेसिजका अध्यक्ष सागर कार्कीका अनुसार सरस्वती माविको क्वारेन्टाइनका १९ र पशुपति माविको क्वारेन्टाइनका १३ जनालाई खानाको व्यवस्थापन गर्दै आएको छ ।

जेसिजले आवश्यक खाद्यान्नको जोरजाम गरेर सोहि ठाउँमा रहेको क्यान्टिनमा पकाएर खुवाउँदै आएको छ ।

केहि दिनअघि मात्रै मेचीनगरमा देखिएको पहिलो कोरोनाका व्यक्ति पनि पशुपती माविको क्वारेन्टाइनमा थिए ।

शाखाका सदस्यहरुबाट रकम संकलन गरेर खानाका लागि व्यवस्थापन गरिएको बाहुनडाँगी जेसिजका कार्यकारीणी उपाध्यक्ष देबु बानियाँले बताए ।

क्वारेन्टाइनमा खानाका लागि हालसम्म ७० हजार रुपैयाँ खर्च भएको अध्यक्ष कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: