क्षितिज संगीत साधना प्रतिष्ठानमा निरज

  प्रकाशित मिति
१४ पुष २०७७, मंगलवार १८:२२


झापा, १४ पुस । बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच क्षितिज संगीत साधना प्रतिष्ठान झापा गठन गरिएको छ ।

आज बिर्तामोड–१ स्थित देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा आयोजित संस्थाको प्रथम अधिबेशनले निरज पोखरेलको अध्यक्षतामा १५ सदस्यीय क्षितिज संगीत साधना प्रतिष्ठान झापा गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा पवित्रा ओली, महासचिवमा जीतेन्द्र श्रेष्ठ, सचिवमा सुजन शिवाकोटी र कोषाध्यक्षमा गोविन्द रपाल चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा निमेश शिवाकोटी, पुष्पा प्रणामी, मणी वर्देवा, अर्जुन खरेल, राजकुमार गुरुङ, ज्ञानीकुमार खड्का, धुव्रराज कडरिया, किरण कन्दङ्वा छन् । समितिको दुई जना सदस्य पछि मनोनित गरिने जनाईएको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरीको संयोजकत्वमा बिर्तामोड–१ का वडा सदस्य प्रेमकुमार खरेल र न्यायीक समिति सदस्य यमुना आचार्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

समितिले निर्वाचन प्रकृयाद्वारा पदाधिकारीहरुको चयन गरेको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई बुधबार झापा नाटक घरमा हुने कार्यक्रममा पद तथा गोपनियताको सपथ खुवाइनुका साथै प्रमाणपत्र प्रदान गरिने जनाईएको छ ।

झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा विष्णु श्रीजंघाटोल सुधार संस्थाका अध्यक्ष भोजकुमार मास्केले स्वागत गरेका थिए । कार्यक्रममा क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष माधब कल्पित, गायकहरु निरज पोखरेल, अर्जुन खरेल, जीतेन्द्र श्रेष्ठ, गायिका पवित्रा ओली लगायतले गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्षितिज नाट्य समूह झापाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी, उपाध्यक्ष सुजना खतिवडा, कोषाध्यक्ष मुना प्रसाई, केन्द्रीय सदस्यहरु माधव सिटौला, राजु खरेल, देवीमाया प्रसाईं, नाट्य विभाग प्रमुख गजेन्द्र पृथक, पत्रकार तुलसीप्रसाद निरौला, निर्माण अनुगमन समिति सदस्य कमलसरी राजवंशी लगायतको सहभागिता थियो ।

त्यस्तै बुधबार तमु ल्होसार पर्वको अवसरमा नेपाल पब्लिक स्पिकर सिजन टु का विजेता, कवि, साहित्यकार तथा प्रखर वक्ता रमेश प्रसाईंको नागरिक अभिनन्दन, ल्होसार विशेष साँस्कृतिक प्रस्तुति, क्षितिज संगीत साधना प्रतिष्ठानका पदाधिकारीहरुको सपथ, झापा नाटक घर निर्माणमा सहयोग हस्तान्तरण लगायतको कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कल्पितले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: