क्षितिज साहित्य प्रतिष्ठान झापाको अध्यक्षमा भट्टराई

  प्रकाशित मिति
११ श्रावण २०७७, आईतवार १३:२५


विर्तामोड, साउन ११ । क्षितिज साहित्य प्रतिष्ठान झापाको अध्यक्षमा साहित्यकार तुलसीप्रसाद भट्टराई चयन भएका छन् ।
समूहको अगुवाईमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन झापा नाटक घरमा आयोजित साहित्यकारहरुको भेलाले भट्टराईको अध्यक्षतामा क्षितिज साहित्य प्रतिष्ठान झापाको नौ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

क्षितिज नाट्य समूह झापाको उपसमिति अन्र्तगत क्षितिज साहित्य प्रतिष्ठान झापाको गठन गरिएको क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष माधब कल्पितले जानकारी दिए ।

नवगठित समितिको सचिवमा साहित्यकार डिल्लीराम परदेशी रहेका छन् भने सदस्यहरुमा साहित्यकारहरु ताराप्रकाश भट्टराई, जगन्नाथ अधिकारी, सीताराम भट्टराई, बिबेक निशानी, अन्सु सुवेदी, रञ्जन धमला, दुर्गा ओली रहेका छन् ।

नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा क्षितिज नाट्य समूह झापाकी सदस्य देबीमाया प्रसाईंले स्वागत गरेकी थिइन् ।

क्षितिज साहित्य प्रतिष्ठान झापाको आयोजनामा हरेक महिनाको अन्तिम शनिबार नियमित रुपमा साहित्यिक कार्यक्रम गरिने उनले वताए । निकट भबिष्यमा झापाका सबै पालिकालाई समेट्दै क्षितिज साहित्य प्रतिष्ठान झापाको कार्यसमिति गठन गरिने उनले बताए ।
कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईले लोप हुन लागेको भाषा ,कला र साहित्य को संरक्षणमा क्षितिज साहित्य प्रतिष्ठान झापाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा क्रिएटिभ नेप्लिज युथकी संस्थापक सदस्य तथा मनतरंग परियोजनाकी प्रशिक्षक बिञ्जु बरालले अहिले समुदायमा बढ्दै गरेको आत्महत्या र त्यसको न्युनिकरण गर्न युवाले खेल्नुपर्ने भूमिकाको वारेमा प्रकाश पारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: