क्षेत्रीय सचिवमा बुढाथोकी र सहसचिवमा गिरी निर्वाचित

  प्रकाशित मिति
७ मंसिर २०७८, मंगलवार १०:३८


क्षेत्रीय सचिव बुढाथोकी र सहसचिव गिरी ।

मेचीनगर, ६ मंसिर । झापा क्षेत्र नं. १ को क्षत्रीय सचिवमा सुरेन्द्र बुढाथोकी निर्वाचित भएका छन् ।
उनले २६३ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी गुणराज (राजन) भट्टराईले २५८ मत मात्र प्राप्त गरेको सहायक निर्वाचन अधिकृत ज्ञानेन्द्र निरौलाले जानकारी दिए ।

५ मतको अन्तरले सचिवमा बुढाथोकी विजयी भएका हुन् ।

यसैगरी सहसचिवमा खगेन्द्र गिरीले २४४ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी दिपक काफ्लेले २२६ मत मात्र प्राप्त गरेको निरौलाले बताए ।

१८ मतको अन्तरले सहसचिवमा गिरी विजयी भएका हुन् ।

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: