क्षेत्रीय सभापतिका दावेदारहरु

  प्रकाशित मिति
१९ माघ २०७२, मंगलवार ०५:३०


kangres chetra copy

झापा । नेपाली काङ्ग्रेसको नगर र गाउँको निर्वाचन सकिए लगत्तै पार्टीका नेता तथा कार्यकर्ताहरू क्षेत्रीय अधिवेशनमा जुटेका छन् ।
७ वटा क्षेत्र रहेको झापामा हरेक निर्वाचन क्षेत्रका लागि निर्वाचित हुने सभापति, सचिव, कोषाध्यक्ष, क्षेत्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधिका लागि नेताहरूको दौडधुप शुरू भएको हो ।

माघ २२ गते हुने पार्टीको क्षेत्रीय निर्वाचनमा हरेक निर्वाचन क्षेत्रबाट १ सभापति १ सचिव, कोषाध्यक्ष १ र ८ जना सदस्य निर्वाचित हुनेछन् । यसैगरी, १ क्षेत्रीय सभापतिसहित १२ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । महाधिवेशन प्रतिनिधिमा आदिवासी÷जनजाति १, दलित १, मधेशी÷मुस्लिम÷पिछडा वर्ग÷अपाङ्ग १, महिला २ र खुल्ला सदस्य ६ जना निर्वाचित हुने जिल्ला उपसभापति देउमान थेवेले बताए । थेवेका अनुसार महाधिवेशन प्रतिनिधिले पार्टीको केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने छन् । जसमा झापाबाट ८४ जना प्रतिनिधि सहभागी हुनेछन् ।

क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिका लागि वर्तमान क्षेत्रीय सभापति मणिकुमार उप्रेती, युवा नेता नरेन्द्रकुमार खड्का, पूर्व नगर सभापति प्रेम सम्बाहाम्फेले उम्मेद्वारी दिने तयारी गरेका छन् ।

२२ गते हुने निर्वाचनका लागि २ कार्यकाल सभापति भइसकेका उप्रेती ह्याट्रिक गर्ने प्रयासमा छन् । आफ्नो कार्यकालमा पूरा नभएका कामहरूलाई सम्पन्न गर्नका लागि आफ्नो उम्मेद्वारी रहेको उप्रेतीले बताए । २०३६ सालदेखि राजनीतिमा सव्रिmय उप्रेती मेचीनगरको दुई कार्यकाल पार्टीको सभापति, तत्कालीन धुलाबारी गाविस र मेचीनगर बनेपछिको निर्वाचित वडा अध्यक्ष, धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचित संस्थापक सचिव तथा अध्यक्ष, हरि निमावि मेचीनगर–४ को २५ वर्षसम्म निरन्तर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, जनआन्दोलनका घाइते गोपाल श्रेष्ठको घर निर्माण समितिका अध्यक्ष तथा विभिन्न सङ्घ संस्थाको नेतृत्व गरिसकेका सालिन र भद्र व्यक्तिको रूपमा परिचित छन् ।

यसैगरी, वर्तमान क्षेत्रीय उपसभापति नरेन्द्रकुमार खड्का पार्टीमा युवा सर्कलको नेतृत्वका लागि आफ्नो उम्मेद्वारी दिएको बताउँछन् । ‘अब युवाले पार्टीको नेतृत्व गर्नुपर्छ’ निर्वाचनको पूर्व सन्ध्यामा घरदैलो अभियानमा व्यस्त खड्काले भने–‘नगर र गाउँको निर्वाचनमा पनि अधिकांश साथीहरू युवा सर्कलका आउनु भएको छ । पार्टीलाई थप बलियो बनाउँदै लैजानका लागि पनि युवाको आवश्यकता छ ।’

तरूण दलका पूर्व जिल्ला अध्यक्ष खड्का मेची उद्योग वाणिज्य सङ्घको दुई कार्यकाल अध्यक्ष, पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घको वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घको तीन कार्यकालदेखि निरन्तर केन्द्रीय सदस्य, नेपाल अदुवा उत्पादक तथा व्यवसायी सङ्घको केन्द्रीय अध्यक्ष, धुलाबारी जेसीजको अध्यक्ष, धुलाबारी क्याम्पसको सञ्चालक समिति सदस्यलगायत विभिन्न सामाजिक सङ्घ संस्थामा सव्रिmय छन् । युवा नेता खड्का झापाका विभिन्न सामाजिक सङ्घ संस्थामा समेत सव्रिmय छन् । खड्काले पार्टीका अग्रजहरूको सम्मानका साथै उनीहरूको सुझाव र सल्लाह अनुसार नै पार्टी सङ्गठनलाई बलियो बनाउने बताए ।

यसैगरी, दुई कार्यकाल नगरको सभापति सम्हालेका प्रेम सम्बाहाम्फेले पार्टीलाई एक ढिक्का बनाएर लैजान आफ्नो क्षेत्रीय सभापतिमा उम्मेद्वारी रहेको बताए । विद्यार्थी जीवनदेखि नै काङ्ग्रेसको राजनीति गर्दै आएका सम्बाहाम्फे नेपाल विद्यार्थी सङ्घका जिल्ला सदस्य, तरूण दलका मेचीनगर सभापति, जिल्ला सदस्य, आर्ठाँै महाधिवेशनमा क्षेत्रीय समिति सदस्य, तत्कालीन धुलाबारी गाविसका पार्टी सचिव, नगर सचिव हुँदै नगर सभापतिको कार्यकाल सम्हालिसकेका छन् ।

पार्टी नेतृत्वले क्षेत्रीय सभापतिदेखि सबै पदमा सर्वसम्मत रूपमा चयन गर्ने तयारी गरिरहेको बुझिएको छ । मेचीनगर समितिलाई सहमतिको आधारमा नेतृत्व चयन गरेकाले पनि अबको क्षेत्रीय समितिको नेतृत्व समेत सहमतिकै आधारमा चयन गर्ने जिल्ला सदस्य टेकबहादुर लिम्बू (भरत) ले बताए ।

क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिका लागि युवा नेता नविन विमलीले उम्मेद्वारी दिने तयारी गरेका छन् । वर्तमान क्षेत्रीय सचिव बिमलीले पार्टीका कार्यकर्ता साथीहरूको सल्लाह अनुसार आफूले उम्मेद्वारी दिने तयारी गरेको बताए । विद्यार्थी जीवनबाट राजनीति गरेका विमलीले मेची क्याम्पसको निर्वाचित स्ववियु सहसचिव, सचिव, सङ्घको क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति, जिल्ला सभापतिको भूमिका निर्वाह गरिसकेका छन् । २० वर्षदेखि राजनीतिमा सव्रिmय विमली महेन्द्र ज्योति उच्च माविको निवर्तमान विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत हुन् । सामाजिक क्षेत्रमा सव्रिmय उनी विभिन्न सङ्घ संस्थामा समेत आवद्ध रहेका छन् ।

६ महिनादेखि क्षेत्रीय सभापतिका लागि साथीहरूसँग इच्छा राख्दै आएकाले विमलीले अबको काङ्ग्रेसलाई युवाले अगाडि बढाउनु पर्ने बताउँदै आएका छन् । ‘समय र परिस्थति अनुसार सबै दलले नेतृत्व परिवर्तन गर्दै जानु पर्छ’ उनले भने–‘ जुन मान्यता नेपाली काङ्ग्रेसले राख्दै आएको छ ।’ क्षेत्र नम्बर २ को क्षेत्रीय समितिलाई सहमतिकै आधारमा नेतृत्व चयन गर्नका लागि अग्रज नेतृत्व तथा पार्टीका नेतृत्वसँग छलफल भइरहेको विमलीले बताए ।

क्षेत्र नम्बर ३ मा क्षेत्रीय सभापतिका लागि वर्तमान क्षेत्रीय सभापति गणेश पोखरेलले दोहोर्याउने मनसायमा छन् ।
आफ्नो कार्यकालमा सविधानसभाको निर्वाचनमा पार्टीलाई निर्वाचित गराउनका सफल भएकाले पार्टीलाई अझ बलियो बनाउँदै लैजानका लागि आफ्नो उम्मेदवारी रहेका उनले बताए ।

नेपाल रेडव्रmस सोसाइटी, नेपाल परिवार नियोजन सङ्घ झापाको आजीवन सदस्य रहेका पोखरेल स्थानीयस्तरमा लोकप्रिय नेताका रूपमा परिचित छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सव्रिmय पोखरेल मेची क्याम्पसको नेपाल विद्यार्थी सङ्घबाट निर्वाचत स्ववियु सभापति हुन् । उनले दुई कार्यकाल उक्त क्यापसको स्ववियु सभापतिको कार्यभार सम्हालेको थिए । जुन अहिलेसम्म कसैले पनि दुई कार्यकाल चलाएका छैनन् । नेवि सङ्घको केन्द्रीय सदस्य पोखरेल पार्टीको क्षेत्रीय सचिव हुँदै सभापतिको कार्यभार सम्हालिसकेका सव्रिmय व्यक्ति हुन् ।

यसैगरी, क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा चार जनाले उम्मेद्वारी दिने तयारी गरेका छन् । वर्तमान क्षेत्रीय सभापति पुण्यप्रसाद ओझा, निर्वाचित सचिव प्रकाश चुडाँल, मनोनित सचिव भीम राजवंशी, सहसचिव खगेन्द्र मैनालीको नाम सभापति पदका लागि चर्चामा छ । यस क्षेत्रको निर्वाचनका लागि पार्टी नेतृत्वले सहमतिको तयारी गरी रहेकाले सकेसम्म सहमतिको आधारमा चयन गरिने सभापति ओझाले दाबी गरे ।

क्षेत्र नम्बर ५ मा जयनारायण शाहले क्षेत्रीय सभापतिमा उठ्ने भएका छन् । वर्तमान सभापति रहेका शाह तेस्रो कार्यकाल चलाउने सोचमा छन् । पार्टी सङ्गठन विस्तारका लागि सव्रिmय शाह २०५४ सालको आम निर्वाचनमा कुमरखोद गाविसका निर्वाचित उपाध्यक्ष समेत हुन् । साथीहरूको सल्लाह र आग्रह अनुसार आफुले उम्मेदवारी दिने तयारी रहेको उनले बताए । विभिन्न वर्ग र जातिको समावेश रहेको यो क्षेत्रमा शाह लोकप्रिय नेताका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: