खगेन्द्र स्मृति दिवसमा सहायक सामग्री वितरण

  प्रकाशित मिति
६ माघ २०७८, बिहीबार ०८:१९


भद्रपुर, ६ माघ । नेपाल अपांग संघका संस्थापक स्व. खगेन्द्रबहादुर वस्नेतको जन्मजयन्तीको अवसर पारेर नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्र झापाले अपांगता भएकाहरुलाई सहायक सामग्री वितरण गरेको छ ।

भद्रपुर ४ स्थित संघको कार्यालय परिसरमा बुधबार आयोजित कार्यक्रमका बीच संघले अपांगता भएका दुईजनालाई ह्वीलचियर र श्रवण शक्ति नभएका एकजनालाई श्रवणयन्त्र वितरण गरेको हो ।
संघका सभापति ऋषि चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले ती सामग्री हस्तान्तरण गरेका थिए ।

भद्रपुर ४ का रीता राई र बलबहादुर गुरुङलाई ह्वीलचियर प्रदान गरिएको थियो भने भद्रपुर २ नौलक्षी राईलाई श्रवणयन्त्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव बालध्वज कार्कीले गरेका थिए ।

यसै अवसरमा संघ परिसरमा सरसफाई र स्व. वस्नेतको सम्झनामा दीप प्रज्वलन पनि गरिएको थियो । कार्यक्रममा संघकी केन्द्रीय सदस्य शर्मिला अधिकारीसमेतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: