खडेरी, आगलागी र हाम्रो दायित्व

  प्रकाशित मिति
१८ बैशाख २०७३, शनिबार ०७:४३


पछिल्लो समय आगलागीका घटना बढेका छन् । ती घटनाले धेरै धनजनको नोक्सानी पनि भएको छ । लामो समयदेखिको खडेरी र हावाहुरीको मौसमले यस्ता प्रकारका दैविप्रकोप हरेक वर्षजसो भइरहे पनि यो वर्ष खडेरीको कारणले भएका घटना धेरै भएका समाचारहरू दिनदिनै बढ्दो व्रmममा छन् ।लामो खडेरी र मानवीय लापरवाहीका कारण धेरै नोक्सानी बेहोर्नुपरेको छ । जथाभावी रुपमा चुरोटका ठुटा फाल्ने, केटाकेटीले भेट्ने ठाउँमा सलाइ, लाइटर जस्ता बस्तु राख्ने गर्नाले घटना दिनदिनै बढेको पाइएको छ । 

हुनत मानिसको जीवनमा आगोको ठूलो महत्व छ । तर, सही प्रयोग गर्न नसक्नुका कारण आज आगलागीका समस्या उब्जेका छन् । आगो आफैँमा शत्रु होइन, हाम्रो व्यवहार शत्रु बनेर हामीलाई घेरिरहेको छ । यसैले आगोको यो भयावह समस्या कसरी नियन्त्रणमा लिने भन्ने कुरा ठूलो चुनौती पनि बनेको छ । गर्मी तथा सुक्खा मौसममा विभिन्न जिल्लामा आगलागीका घटनाबाट ठूलो धनजनको क्षति हुने व्रmम जारी छ । यसबाट जङ्गल, जमिन, जङ्गली जनावर, र चराचुरुङ्गीको बासस्थानमा समेत असर पार्नुका साथै कतिपय स्थानमा त अपूरणीय मानवीय क्षतिसम्म भएको छ ।

हाम्रो जस्तो मुलुकमा आगलागीका घटना प्रत्येक वर्ष पुनरावृत्ति हुन्छन् । यस्तो घटनाले देशको भौतिक सम्पत्ति मात्र समाप्त भएको छैन, सांस्कृतिक र पर्यटकीय गन्तव्यमा असर परेको छ । लोपोन्मुख जन्तुहरु डढेर मरेका छन् । भौतिक सम्पत्ति र घरवारविहीन हुनुपरेका दुःखद् समाचारले पत्रपत्रिको पृष्ठ ओगटेको देखिन्छ ।
खडेरीको मौसममा हुने यी घटनाबाट पाठ नसिक्ने र पुनरावृत्ति हुन नदिने हाम्रो प्रवृत्ति फेरिन नसक्नु दुःखको कुरा हो । गाउँका बासिन्दामा व्याप्त अशिक्षा, आगलागी सम्बन्धी चेतनाको कमी, घरायसी सामान पराल, झिव्रmा, गुइँठा र भुस जस्ता बस्तुहरुको राम्ररी व्यवस्थापन नगर्दा, ती सबै एकै ठाउँमा राख्दा, आगलागीबाट कसरी जोगिने र जोगाउने सम्बन्धी परिपक्वता कम तर हेल्चेव्रmाइँ बढी हुँदा ठूलो दुःख आइलागेको छ । राज्यका सम्बन्धित निकायको सचेतना अभियानलाई योजनागत तवरले कार्यान्वयन गर्न नसक्नु, सामाजिक प्रयत्न र पहल नहुँदा पनि समस्याले विकराल रुप लिँदै गएको हो । सबै काममा सरकारकै मुख ताक्ने बानी र परिवारका सबै सदस्यले सव्रिmय दायित्व र भूमिका नदेखिँदा आगलागीको समस्याबाट पार पाउन मुस्किल परेको छ ।

नेपालका सयौँ सामुदायिक वन, व्यक्तिगत वन, घर तथा अन्य क्षेत्रमा आगलागी भएर करोडौँको क्षति भएको छ । पर्यटकीय गन्तव्य र आकर्षक स्थलहरु खरानी हुँदैछन् । लोपोन्मुख वन्यजन्तुहरु पनि मरेका छन् । घरगोठमा लागेको आगोले पशुपंक्षी मरेका छन् भने वर्षौं पुग्ने खाद्यान्न नष्ट भएका छन् । भूकम्प, नाकाबन्दी जस्ता समस्याले ग्रसित भइरहेका नेपालीलाई मौसमी रुपमा आएको प्रकोपले पनि उत्तिकै समस्यामा पारेको छ । देशका ठूला अखबारका प्रमुख समाचार डडेलो र आगलागी बन्ने अवस्था आउनुको कारण खोज्दै जाँदा मानवीय त्रुटी नै प्रमुख भएको भेटिन्छ ।

हामीले जहिले पनि आफ्नो र अर्काको भनेर आगलागीलाई टुलुटुलु हेर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । मानवीय संवेदनशीलताकै अभावमा ग्रामीण भेगमा रहेका कुवा, पोखरी र ठूला चौतारा हामीले नष्ट गर्दै गएका छौँ । खेतीयोग्य जमिनलाई झाडी बनाइरहेका छौँ । जङ्गल संरक्षण भन्दा पनि फडानी गरेर जताततै योजना विहीन बस्ती बसाल्नु पनि आगलागीको अर्को कारण भएको छ । कतिपयको त जङ्गल डढाउन पाए काठ दाउरा निकासी गर्न सहज हुने निचता सोचाइरहेको र लुकीलुकी डढेलो छोड्ने गरेका खबर पनि बाहिर आउने गरेका छन् । जसको कारण आगलागीलाई थप बल पुगेको छ । अर्कोतिर निश्चित योजना र व्यवस्थित संरक्षण नहुँदा पोखरी र कुवा नष्ट भएपछि आगो निभाउन प्रयोग हुने पानीको पनि अभाव बढ्दै गएको छ । विभिन्न स्थानको आगलागीका घटनामा निभाउने पानीको अभावमा कैयौँ घर नष्ट भएका समाचारहरु आएका छन् ।

अघिल्लो पुस्ताले वर्षातकै पानी भए पनि जम्मा हुने पोखरी खनेर धर्म कमाउने गर्थे । त्यसको काम अहिले देखिन थालेको छ । गाईभैँसीलाई आहाल बसाउने स्थान नहुनु, खानेपानीका मुहान सुक्दै जानु र डडेलो जस्ता प्रकोपमा आगो निभाउने पानी नपाउनु त्यसका प्रत्यक्ष उदाहरण हुन् । ग्रामीण भेगमा जथाभावी र बिना योजना खनिएका सडक र ती सडकमा जबरजस्ती डोजरकै प्रयोगले सुख्खा पहिरो खस्ने र डडेलोका प्रकोप बढी निम्त्याएको पनि भेटिन्छ । आगामी दिनमा मानवीय कारणले हुने क्षति न्यूनीकरणका लागि सचेतना अभियान फैलाउन हामी सबैको साझा प्रतिवद्धता आवश्यक छ ।

आगलागी भएपछि पछुताउनुभन्दा आगो लाग्नुपूर्व नै सचेतना अपनाउनु हाम्रो कर्तव्य हो । कहिले बाढीपीडित, कहिले आगलागीका हृदयविदारक घटनाहरूले आमनेपाली नागरिकहरूलाई सचेत र सतर्क रहन सङ्केत गरिरहेकै छ । आगलागीबाट बच्न आफू सचेत बनौँ र अरूलाई पनि सचेत गराऔँ । हिटर, ग्याँस नियमित रूपमा बन्द गरौँ । मोबाइल चार्ज गरेर त्यसै नछोडौँ, रेडियो, टिभी, फ्रिज, आइरनहरू बिनाकाम अन नगरौँ, अगेना र चुलोमा बालेको आगो समयमै निभाउने बानी बसालौँ, सलाई–लाइटर बच्चाहरूले भेटिने ठाउँमा नराखौँ, चुरोटका ठुटाहरू वनजङ्गलमा नफालौँ । अकाल मृत्यु र दुःखद समाचार बन्नबाट बचौँ, यो नै मानवीय कर्तव्य हो । आगलागी भइहालेको खण्डमा दमकललाई तुरुन्त खबर गर्न र स्थानीय स्तरमा एकताबद्ध भई आगलागी नियन्त्रण गर्न दतचित्त भई लाग्न सक्नुपर्छ । एक झिल्को आगोले पूरै बस्ती सखाप भई कैयन् घरवारविहीन हुन सक्छन्, त्यसैले तपाईं–हामी सबै सचेत हुनु र खडेरीको मौसमबाट सावधानीपूर्वक बच्न जरुरी छ ।

सामाजिक अगुवाहरुले सामाजिक जङ्गल र सार्वजनिक स्थलहरुमा आगलागी भइहालेको खण्डमा पानी, स्याउला, माटो प्रयोग गरेर ग्रामीण स्तरबाट नै नियन्त्रण गर्न सकिने कुरालाई समेत पूर्वजानकारी दिइनु राम्रो हुन्छ । आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा, राजनीतिक दल, विद्यार्थी, कर्मचारी सबै एकजुट हुनुपर्छ । आगोसँग कहिल्यै खेलबाड गनु हुँँदैन । बच्चाहरूले नभेट्ने ठाउँमा लाइटर, सलाई राख्ने बानी बसाल्ने, पिकनिक जाँदा बालेको आगो राम्ररी निभाएर हिँड्ने गर्न सकेमा आगलागी हुँदैन । यी कुराहरू जानेकाले अरूलाई पनि सिकाउन सक्नुपर्छ ।
वर्षेनी आउने यी समस्यालाई मध्यनजर गरी गाविसले प्रत्येक स्थानमा दमकल जाने बाटो बनाउने, घरायसी सामानहरुको व्यवस्थापन राम्ररी गर्ने, विद्यार्थी, समाजसेवी, शिक्षक, सरकारी कर्मचारी सहितको समूह बनाई नियन्त्रणका लागि सचेतना कार्यव्रmम सञ्चालन गर्न त्यत्तिकै जरुरी देखिएको छ ।

यसका साथै देशमा नगरपालिकाहरुको सङ्ख्यामा वृद्धि भए पनि भौतिक पूर्वाधार वृद्धि भएको छैन । कतिपय नगरपालिकामा दमकल नहुँदा निकै समस्या खेप्नुपरेको छ । भएका दमकललाई पनि असाध्यै चाप छ । यो असाध्यै कष्टकर पक्ष हो । तसर्थ, कुनै पनि समस्यालाई समस्याकै रूपमा छाड्न हुँदैन, सरकारले सम्बन्धित संयन्त्रलाई तदारुपताका साथ लाग्न र अनुगमन गर्न सक्नुपर्छ । ग्रामीण इलाकामा पाँच सात घरलाई समेट्ने गरी सार्वजनिक पोखरी बनाउने, पानीका स्रोतहरुलाई सङ्कलन गर्ने जस्ता योजनाहरु पुर्याउन सक्नुपर्छ । सबै सरकारी निकायहरुले समाधानको बाटो पहिल्याइहाल्नु पर्छ । विनासबाट समाजलाई बचाउनु हामी सबैको दायित्व हो । दायित्वबाट पन्छिन कसैले मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: