खड्काको नेतुत्वमा ‘धुलाबारी युनिटी’ गठन

  प्रकाशित मिति
१४ असार २०७७, आईतवार २१:२६


मेचीनगर । मेचीनगरका तीन वटा वडाका सामाजिक अभियन्ता युवाहरुको एक भेलाले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि ‘धुलाबारी युनिटी’ गठन गरेका छन् ।

आइतबार मेचीनगर–९, १० र १५ नम्बर वडाका सामाजिक अभियन्ता युवाहरुको धुलाबारीमा बसेको व्यापक भेलाले ‘धुलाबारी युनिटी’ गठनसँगै प्रकाश खड्काको संयोजकत्वमा ५१ सदस्य समिति बनेको हो ।

जसमा खड्काको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।

खड्का संयोजक रहेको सचिवालय समितिको सचिवमा मनोज घिमिरे तथा सदस्यहरु उद्वव बानियाँ, भुमि पौडेल, पुजन खवास, उज्ज्वल गौतम, उदय बराइली, इन्द्रप्रसाद बाँस्कोटा, उर्मिला खनाल, विकास रणपहेली र लक्ष्मी पौडेल छन् ।

स्थानीय सरकार, मेची उद्योग बाणिज्य संघ लगायत अन्य सरोकारवाला संघ संस्थासँगको सहकार्यमा नगरबासीलाई मास्क र पन्जा, सेनिटाइजर, सावुन पानीले हात धुने लगायत विषयमा जनचेतना जगाउने उद्देश्यले ‘धुलाबारी युनिटी’ गठन गरिएको संयोजक खड्काले बताए ।

मेचीनगरमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेकाले यसको जोखिम न्युनिकरण गर्न तीन वटै वडाका युवाहरु समेटेर वडामा जागरण अभियान शुरु गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: